२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समाज सुन्दर वनाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छः नगरप्रमुख साह

२०७५, २५ बैशाख मंगलवार १५:२९

राम नारायण पंडित | वैशाख २५, सिरहा | गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले सुन्दर समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने गरेको बताएको छ ।  नगरपालिकाको सहयोग र उपभोक्ता समिति गोलबार नगारपालिका ४ ले आयोजना गरको सामाजिक रुपान्तरणको लागि महिला तथा पुरुष कानुनी सचेतना तालिमको आज उद्घाटन गर्दै नगरप्रमुख साहले घर सुन्दर भए समाज सुन्दर हुने बताउँदै समाजको विकासमा महिलाहरुको पनि महत्वपूर्ण योगदान रहने गरेको जनाए ।

एउटा घरलाई कसरी व्यवस्थित बनाउने, त्यसको मुख्य भुमिका महिलाकै काँधमा रहेको नगरप्रमुख साहले जनाए । उनले भने, ‘दिनभरी कामले थकित्त भएर आएको एउटा पुरुषलाई घरमा आउने वित्तिकै श्रीमतीले मुसुक्क हासेर एक कप चिया मात्रै खान दिएपछि उनको दिनभरीको थकान दुर हुन्छ । तर, त्यही महिलाको सानो व्यवहारले परिवार नै तहसनहस हुन्छ ।’

नगरप्रमुख साहले महिलाले जस्तोसुकै श्रीमान भएपनि उनीहरुको सवैखाले हिंसा सहेर वस्नुपर्छ भन्ने आफ्नो मान्यता नभएको जनाए । उनले खराव आचरण भएका, दिनहु रक्सि खाएर आउने श्रीमानको पिटाई सहेर उनीहरुलाई रिझाउनु पर्छ भन्ने मान्यता आफ्नो नभएको पनि समेत खुलाए । 


महिलामाथि थिचोमिचो गर्ने, रक्सि खाएर वितण्डा मचाउने पुरुषहरुलाई तह लगाउने शक्ति पनि महिलाहरुमा नै रहेको नगरप्रमुख साहले बताए । उनले भने, ‘महिलाहरुसँग यति शक्ति छ की, खराव पुरुषलाई पनि सहि ठाउँमा ल्याउन सक्छन्, समाज तथा पुरुषहरुलाई सहि ठाउँमा ल्याउन कठिनाई भएमा नगरपालिका पनि त्यस काममा तपाईहरुको साथमा रहन्छ ।’

नगर उपप्रमु रेशम कुमारी थापाले महिला अभैmपनि विभेदमा रहेको भन्दै उनीहरुलाई सवै क्षेत्रमा प्रतिनिधित्वको लागि समान अवसरको खाँचो रहेको बताए । उनले त्यसको लागि महिलाहरुलाई थप सक्षम, योग्य तथा दक्ष बनाउन नगरपालीकाले अझै महिलामा लगानी गर्नु पर्ने जरुरी रहेको औंल्याए ।सोही क्रममा वडा नं. ४ का वडाअध्यक्ष राजदेव यादवले महिलाहरुले आफ्नो अधिकार र कर्तव्यको विषयमा पनि जानकारी राख्नु आवश्यक रहेको जनाए । उनले आफू जहिले पनि वडाको समग्र विकासको सहयोग गर्न तयार रहेको अध्यक्ष यादवले बताए । उनले भने भने, ‘मैले जहिले पनि भन्ने गरेको छु, म वडाको विकास सम्झेर होइन घरको विकास सम्झेर लाग्ने छु, त्यसकोलागि तपाईहरुको मलाई सहयोग आवश्यक छ ।’

उद्घाटन मन्तव्यको क्रममा नगर कार्यपालिका सदस्य गंगा कुमारी, वडा सचिव हरिलाल मोची, वडा सदस्य संजिव महरा, संचारकर्मी रामबाबु यादव कार्यक्रममा सहजकर्ता अधिवक्ता सुनिल साहले सुझाव सहितका मन्तव्य राखेका थिए । 

उपभोक्ता समितिका अध्यक्ष ओमकुमारी साहले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता गीता अधिकारी र स्वागत शुशिला गोपालीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार