समाज सुन्दर वनाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छः नगरप्रमुख साह

Posted on: 08 May, 2018

राम नारायण पंडित | वैशाख २५, सिरहा | गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले सुन्दर समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने गरेको बताएको छ ।  नगरपालिकाको सहयोग र उपभोक्ता समिति गोलबार नगारपालिका ४ ले आयोजना गरको सामाजिक रुपान्तरणको लागि महिला तथा पुरुष कानुनी सचेतना तालिमको आज उद्घाटन गर्दै नगरप्रमुख साहले घर सुन्दर भए समाज सुन्दर हुने बताउँदै समाजको विकासमा महिलाहरुको पनि महत्वपूर्ण योगदान रहने गरेको जनाए ।

एउटा घरलाई कसरी व्यवस्थित बनाउने, त्यसको मुख्य भुमिका महिलाकै काँधमा रहेको नगरप्रमुख साहले जनाए । उनले भने, ‘दिनभरी कामले थकित्त भएर आएको एउटा पुरुषलाई घरमा आउने वित्तिकै श्रीमतीले मुसुक्क हासेर एक कप चिया मात्रै खान दिएपछि उनको दिनभरीको थकान दुर हुन्छ । तर, त्यही महिलाको सानो व्यवहारले परिवार नै तहसनहस हुन्छ ।’

नगरप्रमुख साहले महिलाले जस्तोसुकै श्रीमान भएपनि उनीहरुको सवैखाले हिंसा सहेर वस्नुपर्छ भन्ने आफ्नो मान्यता नभएको जनाए । उनले खराव आचरण भएका, दिनहु रक्सि खाएर आउने श्रीमानको पिटाई सहेर उनीहरुलाई रिझाउनु पर्छ भन्ने मान्यता आफ्नो नभएको पनि समेत खुलाए । 


महिलामाथि थिचोमिचो गर्ने, रक्सि खाएर वितण्डा मचाउने पुरुषहरुलाई तह लगाउने शक्ति पनि महिलाहरुमा नै रहेको नगरप्रमुख साहले बताए । उनले भने, ‘महिलाहरुसँग यति शक्ति छ की, खराव पुरुषलाई पनि सहि ठाउँमा ल्याउन सक्छन्, समाज तथा पुरुषहरुलाई सहि ठाउँमा ल्याउन कठिनाई भएमा नगरपालिका पनि त्यस काममा तपाईहरुको साथमा रहन्छ ।’

नगर उपप्रमु रेशम कुमारी थापाले महिला अभैmपनि विभेदमा रहेको भन्दै उनीहरुलाई सवै क्षेत्रमा प्रतिनिधित्वको लागि समान अवसरको खाँचो रहेको बताए । उनले त्यसको लागि महिलाहरुलाई थप सक्षम, योग्य तथा दक्ष बनाउन नगरपालीकाले अझै महिलामा लगानी गर्नु पर्ने जरुरी रहेको औंल्याए ।सोही क्रममा वडा नं. ४ का वडाअध्यक्ष राजदेव यादवले महिलाहरुले आफ्नो अधिकार र कर्तव्यको विषयमा पनि जानकारी राख्नु आवश्यक रहेको जनाए । उनले आफू जहिले पनि वडाको समग्र विकासको सहयोग गर्न तयार रहेको अध्यक्ष यादवले बताए । उनले भने भने, ‘मैले जहिले पनि भन्ने गरेको छु, म वडाको विकास सम्झेर होइन घरको विकास सम्झेर लाग्ने छु, त्यसकोलागि तपाईहरुको मलाई सहयोग आवश्यक छ ।’

उद्घाटन मन्तव्यको क्रममा नगर कार्यपालिका सदस्य गंगा कुमारी, वडा सचिव हरिलाल मोची, वडा सदस्य संजिव महरा, संचारकर्मी रामबाबु यादव कार्यक्रममा सहजकर्ता अधिवक्ता सुनिल साहले सुझाव सहितका मन्तव्य राखेका थिए । 

उपभोक्ता समितिका अध्यक्ष ओमकुमारी साहले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता गीता अधिकारी र स्वागत शुशिला गोपालीले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!