२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कद्वारा निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार

२०७५, २५ बैशाख मंगलवार १५:३९

वैशाख २५, अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको आयोजनामा  वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ । 

 नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयबासिन्दाहरु हर्षित भएका छन । 

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले ९० बर्षिय लालबहादुर सेजवाललाइ जुका, माटे, भिटामीन र जुम्राको औषधी प्रदान गरेर पशु स्वास्थय शिबिरको उद्घाटन गर्नु भएको हो । 

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कका विभिन्न वडाहरुमा कृषि र पशुपालनबाट मनग्य आम्दानी गर्न सकिने भएकाले नगरपालिकाले कृषि र पशुवालनमा विशेष कार्यक्रम ल्याएको बताउनु भयो । 

पशु स्वास्थ्य शिबिरबाट एक सय सात घरधुरीका १२ सय पशुको उपचार तथा निशुल्क औषधीहरु वितरण गरिएको नगरपालिका पशु शाखा प्रमुख राधा पाण्डेले बताउनु भयो ।


स्वास्थ शिबिरमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला पशु सेवा कार्यलयका प्रमुख डाक्टर लोकनाथ पौडेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली,  पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण अचार्य, सन्धिखर्क ११ का वडा सचिव  कुलदिप पोख्रेल लगायतको उपस्थिति रहेको थियो । 

शिबिरमा डाक्टर लोकनाथ पौडेल, पशु प्राविधिकहरु राधा पाण्डे, रेश्मीराज ज्ञवाली, बुद्धिराम गौतम , प्रदिप आचार्य, सम्झना पराजुली लगायतले पशुहरुको उपचार तथा निशुल्क औषधी बितरण गर्नु भएको हो । 

उद्घाटन समारोह सन्धिखर्क वडा नम्वर ११ का वडा अध्यक्ष ध्रुबराज आचार्यको अध्यक्षता, र राधा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने