५९ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

Posted on: 02 Apr, 2016

पर्वत चैत्र २० गते । ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका साथ शनिवार देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । पर्वत जिल्लामा पनि विहान जिल्लामा रहेका सहरकारीले संयुक्त रुपमा ¥याली निकाली जिल्लामा प्रभातफेरि गरेका थिए । प्रभातफेरि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

  वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण    सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । त्यहि दिनको सम्झनामा चैत २० गतेलाई    राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।    नेपालमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै गरीवी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।

गएको असार मसान्तसम्म मूलुकभर संचालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको शेयर पूँजी ६३ अर्व रुपैयाँ पुगेको छ भने बचत निक्षेप २ सय २ अर्व र लगानी  १ सय ८८ अर्ब रहेको छ । गएको असार मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर विभिन्न प्रकृतिका ३२ हजार ६ सय ६३ सहकारी दर्ता भएको सहकारी विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!