२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गंगामायालाई न्याय देऊ

२०७५, २६ बैशाख बुधबार १६:०६

काठमाडौं । एउटी आमा १७ वर्षीय निर्दोष छोराको हत्यारालाई कारवाही होस् भन्ने माग राखी पाँचवर्ष देखि सत्याग्रहमा छिन् । गोरखा फुजेलका दम्पति नन्दप्रसाद अधिकारी र गंगामायाका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादीले २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या गरेका थिए । आफ्नो छोराको हत्यारालाई सजायको माग गरी शुरुमा अधिकारी दम्पति दुबै आमरण अनसनमा बसे । 

अनसनसहितको सत्याग्रहमा बसेको अवस्थाबाटै गिरफ्तार गरी अधिकारी दम्पतिलाई विभिन्न अभियोग लगाएर कहिले केन्द्रीय जेल त कहिले अन्य जेल गरी पटकपटक जेलमा राखे । जेठा छोरा नुरप्रसाद अधिकारीलाई पनि कहिले गोरखामा कहिले काठमाडौंमा जेल हाले । कहिले दुःख दिने, कहिले मानसिक रोगी बनाउने, कहिले लोभप्रलोभन जस्ता विभिन्न खालको चलखेल भए । अन्य स्वार्थमा नभएर आफ्नो छोराको हत्या भएकोमा दोषीउपर कारवाही होस् र यसरी आउँदा दिनमा कसैका पनि छोराहरूमर्न नपरोस् भन्ने आफ्नो माग भएकोले कुनै सर्त नमानेको गंगामाया बताउँछिन् । 

अनसनसहतिको सत्याग्रहको ३३४ औं दिन २०७१ असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको मृत्यु भयो । नन्दप्रसादको लास अहिले पनि शिक्षण अस्पतालमा रहेको छ । भाइको हत्यारालाई सजाय नभएसम्म अधिकारीका जेठा छोराले आफ्नो बाबुको लास नबुझ्ने अडान लिएको बताइन्छ । श्रीमान्को मृत्युपछि पनि गंगामायाले आफ्नो न्यायिक मागलाई यथावत राख्दै सत्याग्रहलाई निरन्तरता दिँदै आएकी छन् । उनलाई राज्यप्रशासनले उठाएर वीर हस्पिटलको क्याविन ७ मा राखेको छ । 

तपाईको खास माग के हो ? उनको बारेमा बुझ्न पुगेको सञ्चारकर्मीसँग गंगामायाले भनिन् ‘मेरो माग भनेको त छोराको हत्यारालाई सजाय भई देशमा न्यायिक राज्य छ भन्ने कुराको सबै नागरिकलाई प्रत्याभूति होस् भन्ने हो । तर यो अपराधि राजनीतिक क्षेत्रले अदालतले गरेको फैसलालाई पनि कार्यान्वयन हुन दिएन, अब मलाई कि न्याय देऊ कि मृत्यु देऊ भन्ने हो’ । पहिला न्याय नपाए गोरखा जानु भनिन्थ्यो तर यतिबेला गोरखाकै गंगामायाले न्याय नपाएर वीर अस्पतालको क्याबिनमा मृत्यु कुर्न बाध्य भइरहेकी छन् । 

मानव अधिकारको कुरा गर्नेहरू पनि असली रूपमा मानव अधिकारवादी नभएर मानुवादी हैछन्, मानवअधिकार क्षेत्रप्रति गंगामायाले असन्तुष्टि पोखिन् । अपराधी तथा दोषीलाई कार्वाहीको कठघरामा उभ्याउन राज्यसत्तालाई पर्याप्त दबाब दिन नसक्ने, अप्रत्यक्ष रूपमा विभिन्न मिसन तथा विस्तारवादीको एजेण्डा बोकेर हिँड्ने र प्रत्यक्ष रूपमा मानव अधिकारको वकालत गर्नेहरूबाट आफ्नो छोराको हत्या र श्रीमान्को लासमाथि भइरहेको राजनीति तथा चलखेलप्रति उनको असन्तुष्टि देखिन्छ । 


अधिकारी दम्पतिका छोरा कृष्ण गोरखाबाट बकुलनहर बकुल्ला टाँडी चितवनमा रहेका आफ्ना हजुरबुबा हजुरआमालाई भेट्न गएको बेलामा माओवादीका छविलाल पौडेल र जानुका पौडेलको आदेशमा परशुराम पौडेल र भीष्मराज पौडेलले अपहरण गरी रुद्र आचार्य, मदन पौडेल र ऋषिराम लामिछानेले गोली हानी अत्यन्तै क्रुरतापूर्वक हत्या गरेको अदालति कारवाहीको क्रममा प्रमाणित भइसकेको गंगामाया बताउँछिन् । 

अदालतबाट हत्याको मुख्य योजनाकार छविलाल पौडेललगायतलाई दोषी ठहर्याई कार्वाहिको लागि सिफारिस गरेको भएपनि उनीहरुलाई सत्ताको दुरूपयोग गर्दै डा. बाबुराम भट्टराई लगायतका माओवादी नेताहरुले संरक्षण गर्दै सजाय हुनबाट रोकिरहेका छन् । दोषी ठहर्याएका मदन पौडेल र ऋषिराम लामिछानेको मृत्यु भइसकेको भनिएको छ । रुद्र आचार्य फरार छ, विदेशमा लुकि बसेको छ भन्ने सुनिन्छ, सरकारले विदेशबाट झिकाउन पहल गरेको छैन, गंगामायाले बताइन । 

दोषीहरू अहिले पनि समाजमा छाति खुला गरी सानसँग हिँडीरहेका छन् । गंगामाया अस्पतालको बेडमा छट्पटाइरहेकी छन् । लाचार राज्य संयन्त्र मुक दर्शक भएर हेरिहेको छ । गंगामायाले यो केशलाई लिएर अन्तर्राष्ट्रिय अदालत गुहारिन भने नेपालको कानूनी पद्धति कस्तो रैछ भन्ने सन्देश विश्वव्यापि रूपमा जान्छ ? राज्य, सम्बद्ध व्यक्ति तथा निकायले सोँच्नुपर्छ कि पर्दैन ? प्रश्न खडा भएको छ । 

सन्तानको मृत्यु कसलाई प्रिय हुन्छ ? त्यो पनि कालगतिले नभई हत्याबाट । के देशको राज्यसँग अदालतले दोषी ठहर्याएको अपराधीलाई कारवाही गर्ने क्षमता छैन ? दोषीले सजाय पाउँदैनन् भने त्यो कसरी राज्य हुनसक्छ ? सन्तानको हत्याको पीडाले टड्पिएकी एउटी आमाले श्राप दिइन भने त्यो यससँग सम्बन्धित स्थानमा रहेका सबैलाई लाग्नेछ । सतिले सरापेको भनेर भनिने यो मुलकलाई के अब गंगामायाले पनि श्राप दिन बाध्य पार्ने हो ? सबैले आआफ्नो स्थानबाट सोँच्नु पर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ