सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो

Posted on: 04 Apr, 2016

जिल्लाको नक्कल छिमेकी जिल्लामा

parbat-cdo1पर्वत, यतिबेला जिल्लामा संचालन गरीएको सफा कुश्मा अभियानले १८ औ हप्ता पार गरेको छ । १८ औ हप्ता पुरा गर्दा जिल्लाको कुश्मा बजार सुन्दर हुदै गएको छ । चोकचोक , नालीनालीमा भएको फोहोरको थुप्रो फालेपछि जिल्लाको मुहार फेरिएको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संचालन गरेको अभियानले सफलता पूर्वक १८ हप्ता पार गरेको हो । १८ औं हप्तासम्ममा आइपुग्दा जिल्लाबाट हजार टन भन्दाबढी फोहोर निस्कीएको छ । प्रजिअ ढकालको यो अभियानमा कुश्मा नगरपालिकाले पनि साथ दियो ।

जिल्लामा रहेका विभिन्न संघसंस्था, नागरिक समाज, महिला समुह तथा क्लबले साथमा साथ दिदै आइरहेका छन् । सोलुखुम्बुमामा अभियान संचालन गरी पर्वतमा सरुवा भै आएका ढकालले जिल्लामा आएको एक हप्तामानै यो अभियान शुरु गरे । अभियानको शुरुमा जिल्लामा कुचो लिएर ढकाल नालीमा पस्दा रमिते बन्ने सदरमुकामबासी विस्तार आफ्नो घरअगाडी सफागर्न थाले ।जसका कारण पनि विस्तारै जिल्लाको मुहार फेरिदै गयो ।

जिल्लाको नक्कल छिमेकी जिल्लामा

राम्रो कामको सवैले नक्कल गर्छन् यो स्वभाविकनै हो । पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सफा कुश्मा अभियान संचालन गरेपछि यसको नक्कल छिमेकी जिल्लाले पनि गर्न थालेका छन् । छिमेकी जिल्ला बाग्लुङ, म्याग्दी देखि देशभरका करिब २८ वटा जिल्लामा सफा जिल्ला अभियान शुरु भएको बुझिएको छ ।

बाग्लुङमा पनि प्रत्येक शनिवार सफा बाग्लुङ अभियान संचालन गरिएको छ । बाग्लुङका प्रजिअ देखि लिएर विभिन्न सरकारी तथा गैरसरकारी निकाय, महिला समुहको नेतृत्वमा उक्त जिल्लालाई सफा बनाउने अभियान थालिएको बताइएको छ । यसमा बाग्लुङ नगरपालिकाले पनि साथ दिएको बुझिएको छ ।

म्याग्दीमा पनि सफा म्याग्दी अभियान संचालन गरीएको बुझिएको छ । त्यहाँको स्थानिय प्रशासन, नागरिक समाज, गैरसरकारी तथा विभिन्न क्लब, महिला समुहको नेतृत्वमा सरसफाई अभियान संचालन भएको बताइएको छ ।

फोहोरको थुप्रो माथि गुफा

कुश्माबजारको फोहारो उठाउनको लागि अभियान संचालन गरीयो १८ औं हप्तामा आइपुग्दा जिल्लाको मुहार केहि हदमा फेरियो । चोकचोको फोहोर मैला उठ्यो, ठाउँठाउँमा फोहोर राख्नको लागि टोकरी समेत राखियो तर विडम्बना जिल्लाको धार्मिक तथा पर्यटकीय महोत्व बोकेको गुप्तेश्वर गुफा भने फोहोरबाट अछुतो भने रहन सकेन । गुप्तेश्वर गुफामा पुजा गर्न जाने भक्तजन तथा पर्यटकहरुले गुफाको अगाडी फोहोर फाल्ने गरेका छन् ।

20160404_084110

पुजारीले पनि विहान बेलुका मन्दीर तथा गुफा सफा गर्दा निस्केको फोहोर सोहि ठाउँमा फाल्दै आइरहेका छन् । हिन्दु धर्मअन्ुसार सत्य युगमा पार्वतीले तपस्या बसेको गुफाको रुपमा परिचित गुृप्तेश्वर गुफाको धार्मिक तथा पर्यटकीय महोत्व बढाउने उद्धेश्यले त्यस क्षेत्रको जीर्णउद्धार तथा भौतिक संरचना निर्माण कार्य  भैरहेको छ तर गुफाको अगाडी रहेको फोहोर व्यवस्थापन गर्नको लागि सरोकारवाला निकायले पहल गर्न सकेको छैन ।

तपस्या, ध्यान पुजा गर्न बारम्बार गुफामा जाने धार्मिक तथा पर्यटकीय विकास संस्थाका पदाधिकारीलाई त्यहाँको फोहोर व्यवस्थापनमा कुनै चाँसो नै छैन भन्दा पनि फरक नपर्ला । मन्दिर नजिककै डिलमा फोहोरको डङगुर छ जहाँ झिंगा भन्केका छन् भने कुकुर त्यसमानै छन् तर त्यस फोहोरलाई फाल्नको लागि कसैको पहल हुन भने सकेको छैन । यस्तो लाग्छ कुश्मा बजारको फोहोर उठाएर मात्रै बाहादुरी देखाउनेहरु धार्मिक तथा पर्यटकीय क्षेत्रको फोहोर व्यवस्थापन गर्न सकेको छैन । 20160404_084024

गुफा परिसरको फोहोर व्यवस्थान हुन नसक्दा गुफाको महोत्वमाथिनै दाग लाग्ने खतरा बढेको छ त्यसमा कोहि सचेत भएका छैनन । सफा कुश्माका लागि सामुहिक अभियान चलाउने र पछिल्लो समयमा सफा कुश्मा बजारको अभियान चलाउनेलाई पनि धार्मिक स्थलको फोहोरको कुनै चाँसो छैन । उनीहरु त बजारको फोहोर उठाउन सकेकोमा गदगद छन् वावा बटुलेका छन् तर गुफाको फोहोरका कारण धार्मिक क्षेत्रमा परेको असर र त्यसबाट हुने रोगको खतराको बारेमा कसैलाई पनि चाँसो नै छैन ।  अब गुफाको फोहोर उठाउनको कस्ले भन्ने प्रश्न उठेको छ ।

मोदी र कालीगण्डकीको दुर्दशा उस्तै

घरआगन सफा भएपछि बाताबरण सफा हुनुपर्छ भन्ने चिन्ता कसैलाई पनि नभएको भान हुन थालेको छ । आफ्नो घर आगन बढारेर कुश्माबासीले धार्मिक महोत्व बोकेका नदी मोदी र कालिगण्डीमा फोहोर फाल्दै आएका छन् । कुश्मा नगरपालिकाले नगर परिषदमा फोहोर व्यवस्थापनको लागि एउटा छुट्टै ठाउँको पहिचान गरी फोहोर राख्ने बताएता पनि त्यसो भने हुन सकेको छैन ।

index

हिजो देखि आजसम्म सदरमुकामको फोहोर बडागाउँदेखि मोदी नदीमा र गुप्तेश्वर क्याम्पस नजिकैको छर्मकेको जंगलबाट कालीगण्डकी नदीमा फोहोर मिसाउँदै आइएको छ । मोदी र कालीगण्डकीमा फोहोर मिसाउनलाले मोदी र कालीको सुन्दरतामाथि दाग लागेको छ । तर सुन्दरतामाथि लागेको दाग मेटाउनको लागि कसैले पहल गर्न सकेको छैन ।

कुश्माबजारको फोहोर मोदी र कालीगण्डी नदीमा फालेर वावा कमाउनेहरु उक्त दुई नदीको विजोग हेरेका छैनन् । फोहोरका कारण उक्त दुई नदीका जलप्रणाीमा असर त परेको छ बातबरणीय प्रदुषण पनि उत्तिकै छ तर यसमा ध्यान जान सकेको छैन । यसतर्फ भने सवैको ध्यान जानु आवश्यक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!