२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जाको खिलुङ कालिका एग्रोफर्ममा बम विस्फोट

२०७५, २७ बैशाख बिहीबार ०८:४९

वैशाख २७ वालिङ, स्याङ्जा | स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । 

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको तर कस्ले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ । एग्रोफर्ममा रहेका १०÷१२ जना कामदारले विस्फोट भएपछि मात्रै थाहा भएको बताएका छन् । नजिकै मकैबारीतिर बाट आएर फर्मलाई लक्षित गरी विस्फोट गराइएको र विस्फोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ । 

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो । विनाशपछि गल्याङ तथा आसपासका प्रभावित क्षेत्रका बासिन्दाले वातावरणीय क्षेत्रमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोशित भई कडा कारबाहीको माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने