२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहाडीलाई अदालतमा हाजिर हुन आदेश

२०७५, २७ बैशाख बिहीबार १५:०४

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर ‘सुरेश पहाडी’ लाई सुर्खेत जिल्ला अदालतले हाजिर हुन म्याद थप गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित कांग्रेस नेताको घरमा जुवा खेलिरहेका सचिव कुँवर फरार भएपछि अदालतमा ३० दिनमा हाजिर हुन म्याद थप गरेको हो ।

वैशाख २३ मा जुवाको खालबाट कांग्रेस नेतासहित तीनजना पक्राउ परेका थिए । उनीहरूबाट ३४ हजार ५०० नगद र मोबाइल पनि बरामद गरिएको थियो । पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन् । जुवा खालबाट प्रमुख स्वकीय सचिव कुँवर भाग्न सफल भए पनि प्रहरीले कुँवरको ९८६८३५९५१० नम्बरको मोबाइल र पैसा भने बरामद गरेको थियो । कानुनमा जुवा खेलाउनेलाई ३०० र जुवा खेल्नेलाई २०० जरिवाना हुन्छ । मुद्दा प्रमाणित भएमा मात्रै उक्त जरिवाना तिर्नुपर्ने प्रावधान छ । १५ र १५ दिनमा दुइपटक उपस्थित हुनका लागि फरार रहेका कँुवरलाई कर्मचारीले पत्र बुझाउने र अदालतमा हाजिर नभएको खण्डमा फरार सूचीमा नाम राखिने सुर्खेत अदालतका रजिष्ट्रार वीरन्द्रबहादुर मल्लले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते