२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुन्तलाबाटै १५ करोड भित्रियो

२०७२, २३ चैत्र मंगलवार ०५:१३

suntalaसुन्तला उत्पादनबाटनै १५ करोड आम्दानी यस बर्ष पर्वतले गरेको छ  । पर्वतमा उत्पादित सुन्तला करिब ३ हजार ३ सय मेट्रिक टन विक्रिबाट उक्त रकम भित्रिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।  बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।

यस बर्ष पर्वत जिल्लाबाट कुन ६ सय ९० हेक्टर क्षेत्रफलबाट ३ हजार ३ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बुझिएको छ । गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । रेग्मीका अनुसार यस वर्ष बोटमै ४० देखि १०० रुपैयाँ प्रतिकेजीसम्म सुन्तला बिक्री भएको थियो । किसानले सुरुमा बोटबाटै ४० रुपैयाँमा बिक्री गरेका थिए भने अन्तिम समयसम्म उत्तरी पर्वतको बाँसखर्कका किसानले १०० रुपैयाँसम्ममा बिक्री गरेका थिए । गत वर्ष भने किसानले ३० देखि ६० रुपैयाँ प्रतिकेजीसम्म सुन्तलाको मूल्य पाएका थिए । अघिल्लो वर्ष पर्वतमा सुन्तला बिक्रीबाट १० करोड आम्दानी भएको थियो ।

जिल्लामा यस वर्ष झन्डै २०० हेक्टर क्षेत्रफलमा नयाँ सुन्तलाका बिरुवा रोपिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको बाँसखर्क, शालिजा, देउपुर, पाङराङ, धाइरिङ लगायतका गाविसमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । प्रतिकिसान १० लाखदेखि न्यूनतम ५० हजार रुपैयाँसम्म किसानले सुन्तला खेतीबाट आम्दानी गर्दै आइरहेका छन् । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काँकरभिट्टा, बुटवल लगायतका सहरमा निर्यात हँुदै आएको छ ।

किासनको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको पाङराङका सुन्तला व्यवसायी तारालाल कुँवरले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन पाँच प्रतिशत वृद्धि भएको थियो । जिल्लाको पाङराङ, बाच्छा, कुर्घा, देउपुर, हुवास लगायतका स्थानमा कात्तिकको पहिलो सातादेखि नै सुन्तला बिक्री भए पनि उत्तरी पर्वतको बाँसखर्कमा भने फागुनको अन्तिम साता मात्रै बिक्री गरेर सकिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार