३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुन्तलाबाटै १५ करोड भित्रियो

२३ चैत्र २०७२, मंगलवार ०५:१५

suntalaसुन्तला उत्पादनबाटनै १५ करोड आम्दानी यस बर्ष पर्वतले गरेको छ  । पर्वतमा उत्पादित सुन्तला करिब ३ हजार ३ सय मेट्रिक टन विक्रिबाट उक्त रकम भित्रिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।  बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।

यस बर्ष पर्वत जिल्लाबाट कुन ६ सय ९० हेक्टर क्षेत्रफलबाट ३ हजार ३ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बुझिएको छ । गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । रेग्मीका अनुसार यस वर्ष बोटमै ४० देखि १०० रुपैयाँ प्रतिकेजीसम्म सुन्तला बिक्री भएको थियो । किसानले सुरुमा बोटबाटै ४० रुपैयाँमा बिक्री गरेका थिए भने अन्तिम समयसम्म उत्तरी पर्वतको बाँसखर्कका किसानले १०० रुपैयाँसम्ममा बिक्री गरेका थिए । गत वर्ष भने किसानले ३० देखि ६० रुपैयाँ प्रतिकेजीसम्म सुन्तलाको मूल्य पाएका थिए । अघिल्लो वर्ष पर्वतमा सुन्तला बिक्रीबाट १० करोड आम्दानी भएको थियो ।

जिल्लामा यस वर्ष झन्डै २०० हेक्टर क्षेत्रफलमा नयाँ सुन्तलाका बिरुवा रोपिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको बाँसखर्क, शालिजा, देउपुर, पाङराङ, धाइरिङ लगायतका गाविसमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । प्रतिकिसान १० लाखदेखि न्यूनतम ५० हजार रुपैयाँसम्म किसानले सुन्तला खेतीबाट आम्दानी गर्दै आइरहेका छन् । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काँकरभिट्टा, बुटवल लगायतका सहरमा निर्यात हँुदै आएको छ ।

किासनको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको पाङराङका सुन्तला व्यवसायी तारालाल कुँवरले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन पाँच प्रतिशत वृद्धि भएको थियो । जिल्लाको पाङराङ, बाच्छा, कुर्घा, देउपुर, हुवास लगायतका स्थानमा कात्तिकको पहिलो सातादेखि नै सुन्तला बिक्री भए पनि उत्तरी पर्वतको बाँसखर्कमा भने फागुनको अन्तिम साता मात्रै बिक्री गरेर सकिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही