२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमलामाईमा ठक्करबाट एकको मृत्यु

२०७५, २९ बैशाख शनिबार १४:०३

वैशाख २९, सिन्धुली | विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, हीरापानी नजिक माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा ५ ख ७४० नम्बरको माइक्रोबसले काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको ज ९ प ७१५६ नंको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै ज्यान गएको र अरु तीन घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ । 

मृत्यु हुनेमा बा ७२ प ४९२९ नं.को मोटरसाइकल चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका–६ का अजित कुँवर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

सोही मोटरसाइकलमा सवार दुधौली नगरपालिका–६ का गणेश फोनेत गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा माइक्रोबसमा सवार दुईजना सामान्य घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित