२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

३० बैशाख २०७५, आईतवार ०६:५३

बालाराम खड्का/वैशाख ३० दाङ | बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढेको छ । 

अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ । 

दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । 

सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ । 

पोटलीदेखि वागर र रगैजादेखि बहुला खोलासम्मको छ किलोमिटर सडक पनि कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवसम्म पुरन्धारासम्म सडक कालोपत्रे हुन छ । पुरन्धारादेखि दाङ र सल्यानको एक्लेवरसम्मको सडकमा सडक फराकिलो गर्ने काम चलिरहेको बताइएको छ । चार चरणमा हुने सडक कालोपत्रेको काम पोटलीदेखि हापुरेसम्म रु १४ करोड, हापुरेदेखि एकलेवरसम्म रु २० करोड र एकलेवरदेखि सल्यानका काल्चेसम्म रु साढे ४४ करोड गरी करीब रु ७५ करोडमा सडक स्तरोन्नतिको काम शुरु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । 

त्यसैगरी सल्यान–दाङको सिमाना एक्लेवरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम शुरु भएको बताइएको छ । त्यसैगरी एक्लेवरदेखि सल्यानको काल्चेसम्मको सडकमा नालीसेतु निर्माण र पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । 

कालिका कन्स्ट्रक्सनले आगामी २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकले जनाएको छ । ‘‘सडक निर्माणको काम तीव्र रुपले अगाडि बढेको छ तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ”, गौतमले भन्नुभयो । वन कार्यालयले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुख नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ । 

“सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, गौतमले भन्नुभयो । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करीब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतसम्म करीब चार घण्टामै पुग्न सकिने र सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यस बाटाको स्तरोन्नति भयो भने यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ । 

सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्छन् । “यस्तो सडक बन्ला भनेर हामीहरुको कल्पना नै थिएन तर हाल सडक धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र ६ जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो”, स्थानीयवासी जसराज विकले भन्नुभयो । 

हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण तीव्र गतिमा भएपछि पश्चिमवासी खुशी भएका छन् । 

“यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ”, सल्यान कालीमाटी निवासी चन्द्रिका घर्तीले भन्नुभयो । त्यसैगरी सो सडकखण्डमा सवारी साधन सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेभन्दा सयौँ गुणा सडकको सुधार भएको बताउनुभयो । “कति दिन गाडीको पट्टा भाँचिएर बाटोमा समस्या हुने गथ्र्यो, आजभोलि गाडी सञ्चालन गर्न सहज छ, चार घण्टामै सुर्खेत पुग्न सकिन्छ, यस सडकखण्ड धेरै छोटो र राम्रो छ”, यातायात व्यवसायी भीमसेन लहरेले भन्नुभयो । 

कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो । 

समयसँगै बाटाको अवस्था दयनीय हुँदा यात्रु तथा यातायात व्यवसायीले हैरानी व्यहोर्नुपर्ने समय थियो । ठाउँ ठाउँमा यात्रु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रु धुलाम्मे हुने समस्या थियो तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सहज भएको छ । साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीबीच भएको रोटीबेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो