वैशाख ३१, गुलरिया | यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेको स्वास्थ्य संस्थालाई औपचारिकरुपमा बर्दियाको आठवटा स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुले बर्दियाका जनतालाई अधिकतम स्वास्थ्य सेवा दिएर काम गर्ने जिम्मेवारी कर्मचारीमा आएकाले आफनो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा आठवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य संस्थालाई आवश्यक पर्ने नीति तथा बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले खर्च भएर जाने खर्च नभएर जाने चलअचल सम्पत्ति बुझाउँदा आठवटै स्थानीय तहका स्वास्थ्य कार्यक्रम हेर्ने प्रमुखले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । रासस

May 14, 2018
बर्दिया - BRD, समाज
आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण
By साझासवाल
3 मिनेट पढाइ