२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा आगलागीबाट ४ परिवार घरवारविहीन, लाखौको क्षति

२०७५, १ जेष्ठ मंगलवार ०६:१५

जेठ १ रोल्पा | रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । 

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । 

स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

सो आगलागीबाट रु १० लाख बढीको क्षति भएको बताइएको छ । 

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ । 

उता रोल्पा नगरपालिका–७ माडीचौरमा समेत एक घर आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको थियो । स्थानीय वर्मता पुनको कच्ची घरमा भएको आगलागीबाट अन्न, लत्ताकपडा, काठपातसमेतको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको बताइएको छ । 

फुसले छाएका घरको संख्या अधिक रहेकाले रोल्पामा हरेक वर्ष आगलागीका घटना हुँदै घरबारविहिन हुने क्रम बढेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन