२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ कांग्रेस नेताद्धय राईको शालिक बनाउने तयारीमा

२०७५, १ जेष्ठ मंगलवार १०:४९

चिसाङ सेर्पा/जेठ १, खोटाङ | नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले कांग्रेस नेता मुगाधन राई र अटलशेर राईको संयुक्तरुपमा शालिक निर्माण गर्ने भएको छ । २००७ सालका आन्दोलनका योद्धा पुर्वाञ्चल मुक्ति सेनाका कमाण्डर तथा प्रजातन्त्र सेनानी मुगाधन र खोटाङ काग्रेसका पुर्व उपसभापति अटलशेरको स्मृतीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँमा आगामी असोजसम्ममा शालिक निर्माण गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेस महासमिति सदस्य रवि प्रकाश राईको प्रमुख आतिथ्यता सोमबार र मंगलबार बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले शालिक निर्माण गर्ने र सोही दिन अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता गराउने निर्णय भएको शालिक निर्माण मूल आयोजक समिति संयोजक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 

शालिक निर्माण मूल आयोजक समिति संयोजकका अलवा शहरमान राई, महन्त कुमार राई, महेन्द्र कुमार कट्वाल, खेम बहादुर खड्का, पन्च कुमार राई, बलराम राई लगायत गरी २७ सदस्यीय निर्माण समिति रहेको छ । 

शालिक निर्माण संयोजक भट्टराइकै संयोजकत्वमा खोटाङमा १३ सदस्यीय र काठमाण्डौमा शम्भु कार्कीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति विष्णु कुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, पुर्वसांसद सरस्वती वजिमय, महासमिति सदस्य सुवास कुमार पोखरेल लगायतका २१ जना सल्लाहाकार समिति गठन गरिएको शालिक निर्माण मूल आयोजक समिति संयोजक भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित