पर्वत, नेपाली काँग्रेस क्षेत्र नं २ का सांसद अर्जनप्रसाद जोशीले आफुले कुनै पनि लाभ लिएको प्रमाण कसैले पेश गरे आफुले सांसद पदबाट राजीनाम दिन उद्घोष गरेका छन् । २०५६ सालबाट सांसद भएको र जिल्लाको विकासको लागि करोडौं रकम नभइ अरबौ रकम भित्राएको भन्दै जोशीले आफुले त्यसबाट कुनै पनि लाभ नलिएको सामाजिक संजालमा “कांग्रेस सांसद जोशी र एमाले सांसद चापागाईले रकम आफ्नै पोल्टामा बाडीचु“डी राखे” शीर्षकको समचारमा प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।
बजेट बाडफाँड गर्दा आवश्यक नभएका योजनामा रकम विनियोजन गरेको भए त्यस्ता योजनको नामवली तयारी पारी ल्याएमा वा सुझाव दिएमा हटाउन सकिने उनको तर्क छ । जिल्लामा रहेका संचारमाध्यम सवैलाई सहयोग गर्ने योजना अनुसार यसपटक दुईलाई मात्रै रकम विनियोजन गरेको बताएका छन् ।
यस्तो छ उनको टिप्पणी
“मेरो भन्नु येति मात्रै २०५६ बाटै सभासद छु करडौ मात्रै हैन अरबौ रूपैया जिल्लामा भित्र्याएको छु !कुनै योजनाबाट एक पैसा पनि लाभ लिएको प्रमाण त के सानो आधार मात्रै पेस गर्न सके आजै रजिनामा दिन्छु ! योजनाको औचित्य सम्बन्धमा हावादरी आरोप भन्दा कुन योजना अनाबास्यक हो बुदागत सुझाब आएमा हटाउन सकिन्छ !हैन भने यस्तै योजनाबाट यो समाचार लेख्ने र नकारत्मक टिप्पणी गर्ने जिल्लाबासी हरु पनि लाभान्वित भएकै हुनुपर्दछ ! संचारमाध्यमलाइ सहयोग आगामी दिनहरुमा अंन्य संचारमाध्यम लाइ पनि गर्ने नीती अनुरुप गरिएको हो! तथ्यपरक स्वोस्थ्य र सुझाब सहितको प्रतिकृयाको स्वागत गर्दछु ! अर्जुन जोशी सान्सद पर्बत”