३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजातन्त्र सेनानी पन्तको निधनमा प्रवि समाजव्दारा शोक व्यक्त

२६ चैत्र २०७२, शुक्रबार १०:२२

पर्वत,  २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रज प्रजातन्त्र सेनानी अम्विकाभक्त पन्तको ८५ बर्षको उमेरमा बुधवार निधन भएको छ । पन्तको त्रिवि शिक्षण अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो ।

१९८८ साल कार्तिकमा जन्मिएका पन्त प्रजातान्त्रिक सेनानी एवं संस्कृतविद स्वर्गीय कालिभक्त पन्तका महिला छोरा हुन् । उनी नेपाली का“ग्रेस लिमिठानाका पूर्व सभापति, लिमिठाना माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, लिमिठाना हेल्थ पोष्टका पूर्व अध्यक्ष तथा अन्य दर्जनौ सामाजिक संघसस्थामा समेत आवद्ध रहेर समाजमा थुप्रै कार्य गरेका छन् । स्वर्गिय पन्तका सुवास, दीपेन्द्र र सन्तोष तीन छोरा र सरिता र पुष्पा दुई छोरी छन् ।

यसैवीच प्रजातान्त्रिक विचार समाज पर्वतका अध्यक्ष सुवास पन्त तथा दुर्गा पाण्डे पन्तका पिता अम्विकाभक्त पन्तको वुधवार भएको असामयिक निधनप्रति प्रजातान्त्रिक विचार समाज पर्वतले गहिरो शोक व्यक्त गरेको छ ।
समाजका उपाध्यक्ष ओमप्रसाद घायल र सचिव हिरालाल रेग्मीद्वारा शुक्रवार जारी शोक वक्तव्यमा स्वर्गिय पन्तले नेपालको प्रजातान्त्रिक आन्दोलन र समाज परिवर्तनका निम्ति पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा मृतात्माप्रति चिरशान्तिको कामना गर्दै यो दुखद घडिमा शोकलाई शक्तिमा बदलेर पिता अम्बिकाभक्त पन्तले देखाएको परोपकारी र कल्याणकारी मार्गमा हि“ड्न सबै परिवारजनलाई प्रेरणा मिलोस भन्ने कामना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति