२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजातन्त्र सेनानी पन्तको निधनमा प्रवि समाजव्दारा शोक व्यक्त

२०७२, २६ चैत्र शुक्रबार १०:२२

पर्वत,  २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रज प्रजातन्त्र सेनानी अम्विकाभक्त पन्तको ८५ बर्षको उमेरमा बुधवार निधन भएको छ । पन्तको त्रिवि शिक्षण अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो ।

१९८८ साल कार्तिकमा जन्मिएका पन्त प्रजातान्त्रिक सेनानी एवं संस्कृतविद स्वर्गीय कालिभक्त पन्तका महिला छोरा हुन् । उनी नेपाली का“ग्रेस लिमिठानाका पूर्व सभापति, लिमिठाना माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, लिमिठाना हेल्थ पोष्टका पूर्व अध्यक्ष तथा अन्य दर्जनौ सामाजिक संघसस्थामा समेत आवद्ध रहेर समाजमा थुप्रै कार्य गरेका छन् । स्वर्गिय पन्तका सुवास, दीपेन्द्र र सन्तोष तीन छोरा र सरिता र पुष्पा दुई छोरी छन् ।

यसैवीच प्रजातान्त्रिक विचार समाज पर्वतका अध्यक्ष सुवास पन्त तथा दुर्गा पाण्डे पन्तका पिता अम्विकाभक्त पन्तको वुधवार भएको असामयिक निधनप्रति प्रजातान्त्रिक विचार समाज पर्वतले गहिरो शोक व्यक्त गरेको छ ।
समाजका उपाध्यक्ष ओमप्रसाद घायल र सचिव हिरालाल रेग्मीद्वारा शुक्रवार जारी शोक वक्तव्यमा स्वर्गिय पन्तले नेपालको प्रजातान्त्रिक आन्दोलन र समाज परिवर्तनका निम्ति पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा मृतात्माप्रति चिरशान्तिको कामना गर्दै यो दुखद घडिमा शोकलाई शक्तिमा बदलेर पिता अम्बिकाभक्त पन्तले देखाएको परोपकारी र कल्याणकारी मार्गमा हि“ड्न सबै परिवारजनलाई प्रेरणा मिलोस भन्ने कामना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार