२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर

२ जेष्ठ २०७५, बुधबार ०७:१५

चिसाङ शेर्पा जेठ २, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । 

सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा उप–स्वास्थ्यचौकी स–छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । 

सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि मंगलबार स–छितापोखरीमा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बर्थिङ सेन्टर उदघाटन गरेका हुन् । 

गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । बर्थिङ सेन्टर स्थापनाका लागि स्वास्थ्य मन्त्रालयबाट निःशुल्क बेड, आवाश्यक उपकरण र अपुग सामग्री गाउँपालिकाले खरीद गरेपछि बर्थिङ सेन्टर सुरु गरिएको हो । यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तीन वटा बर्थिङ सेन्टर भएको छ । 

यसअघि गाउँपालिकाको याम्खा र ओख्रेमा बर्थिङ सेन्टर स्थापना भईसकेको छ । 

आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो