जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०"/>
जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०"/>
सास । जेठ २,बर्दिया ।
जिल्ला निर्वाचन कार्यालयमा १ महिनामै २ सय १२ जना मतदाताले नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०७५ साल बैशाखदेखि शुरु गरिएको नामनामेसी संकलन तथा दर्ता तथाा अद्यावधिक कार्यक्रम अन्तर्गत जेठ १ गतेसम्मको तथ्याङ्क अनुसार जम्मा १ सय ५ जना महिला र १ सय ७ जना पुरुष गरी कूल २ सय १२ जनाको नामावली दर्ता गरिएको हो ।
यसैगरी नामावलीमा त्रुटी सच्याउनका लागि ७ जनाले तथा ठेगाना सार्नका लागि ५ जनाले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
नामावली संकलनको कार्य निर्वाचन आयोगको अर्को निर्णय नुहँदासम्म जारी रहने भएकोले आ–आफ्नो नाम दर्ताका लागि सबैमा अनुरोध समेत गरिएको छ ।