३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय समुदायका लागि मानव अधिकार शिक्षा तालिम सम्पन्न

२६ चैत्र २०७२, शुक्रबार १५:०८

किशोर सापकोटा, पर्वत ।  गाउँ विकास समिति, बनौ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा मानव अधिकार निगरानी समूहको आयोजनामा बनौमा दुई दिने मानव अधिकार शिक्षा तालिम सम्पन्न भएको छ ।

तालिममा गाविसस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविसमा रहेका विभिन्न सरकारी कार्यालय तथा सेवाकेन्द्रका प्रतिनिधिहरु विभिन्न विद्यालयका शिक्षकहरु, वन समूहका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, बाल अधिकार चेतना समूहका पदाधिकारीहरु गरी पैंतीस जनाको सहभागिा रहको थियो ।

चैत्र २५ र २६ गरी दुईदिनसम्म चलेको तालिममा मानव अधिकार, त्यसका आधारभूत मूल्य मान्यता र सिद्धान्तका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेल, नयाँ संविधानमा मानव अधिकारको व्यवस्था, कार्यान्वयमा देखिएका चुनौती र महिला तथा आदिबासी जनजातीका अधिकारहरुको संवैधानिक प्राब्धानका विषयमा नेपाल बार इकाई पर्वतका अध्यक्ष विश्वराज पाण्डेले र बाल अधिकारका विभिन्न विषयमा इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले सहजीकरण गरेका थिए ।

गाउँ विकास समिति, बनौ र गाविसस्तरीय मानव अधिकार निगरानी समूहको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको प्राबिधिक सहयोगमा सम्पन्न तालिमको समापन समारोहलाई सम्बोधन गर्दै इन्सेक क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेलले नयाँ संविधानले व्यवस्था गरेको संवैधानिक प्राब्धानका विषयमा आम जनताहरुलाई सचेत पार्न सक्ने हो संविधान कार्यान्वयनमा समेत सहज हुन्छ भन्दै मानव अधिकारको पूर्ण ग्यारेण्टी नभएसम्म दीगो विकासको परिकल्पना असम्भव हुने बताएका थिए ।

गाविसस्तरीय मानव अधिकार निगरानी समूह, बनौंका अध्यक्ष गौबहादुर पुनको अध्यक्षता तथा इन्सकेका सामाजिक परिचालक मीना पुनको संचालनमा भएको उक्त कार्यक्रममा गाविस सचिव रामप्रसाद रिजाल, बनौं माविका प्रधानाध्यापक चक्रबहादुर पुन, नेपाली काँग्रेसका सभापति होमबहादुर पुन, नेकपा एमालेका अध्यक्ष बुद्धिप्रसाद कँडेल, एकीकृत मााओवादीका उपाध्यक्ष जितबहादुर पुन लगायतले बनौ गाविसलाई मानव अधिकार मैत्री गाविस बनाउनका लागि आफूहरु प्रत्यन्तशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति