पढ्न करिब 3 मिनेट लाग्छ

रेशमराज रोकाया | जेष्ठ २, हुम्ला | बिहानैदेखि बेपत्ता मकालु एयरको विमान बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो ।

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ मा रहेको राया गाउँको चरन क्षेत्र बाहुन खर्कमा १२ हजार ८ सय फिटको उचाईमा फेला परेको थियो । जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको छ । उद्यारमा सिमिकोटबाट उडेको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले उक्त ठाउँमा अर्को हेलिकोप्टर पुगेर उद्धार गरीसकेको छ ।

मकालु ईयरको नाइन एन अल्फा जुलेट युनिफर्म (एजेयु) कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो कार्गो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको भएता पनि हुम्लाको चरन क्षेत्रमा भेटिएको हो । मकालु एयरको विमानले सुर्खेतदेखी हुम्लाको सिमिकोट विमानस्थलमा नियमित सेवा दिईरहेको थियो । मकालु ईयरले ३ वटा एकल ईन्जिन जहाजले सुर्खेत र नेपालगञ्जबाट उडान गर्ने गरेको थियो । सुर्खेतबाट आज विहान ६ बजेर १० मिनेट जाँदा उडेका मकालु एयरको अल्फा जुलेट ट्याँगो र अल्फा जुलेट युनिफर्म भएको भएता पनि ट्याँगो मात्र सिमिकोट आईपुगेको मकालु एयरका स्टेशन म्यानेजन लोकेन्द्र रोकायाले जानकारी दिनु भयो । विहान मौसममा केही खराबी आएको कारण चालकदलले पोर भिजिविलिटीको कारण दुर्घटना भएको हुन सक्ने आँकलन रोकायाको रहेको छ ।

मृतक चालक दलका दुवै जनाको शवलाई सवा ११ बजे सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले जानकारी दिनु भयो । उद्धारमा खबर पाउने वित्तिकै २ वटा माउण्टेन ईयरको हेलिकोप्टर पठाईएको र दलमा प्रहरी, नेपाली सेना र चिकित्सकको टोली पठाईएको समेत ढुँगानाले बताउनु भयो । विहान मौसम खराबको कारण जहाजले उड्ने रुट हराएको, उत्तरको दिशामा जहाज उड्नु पर्नेमा पश्चिम दक्षिणतिर जाँदा अग्लो पहाडमा ठोकिँदा जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले बताउनु भयो ।

जहाजको रुट मने लेक सबै भन्दा उचाईमा रहेको भएता पनि करिव उस्तै उचाई भएको पहाडमा ठोक्किएर दुर्घटना भएको हो । हुम्लाको रुटमा मने लेक सबैभन्दा बढी उचाईमा भएको हुनाले जहाजको हरेक यात्रा मने लेक पार गरे पछि सहज हुने अनुमान सबैको रहेको हुन्छ । जहाज दुर्घटना भएको स्थलबाट ३ मिनेटको समयावधीमा सिमिकोट अवतरण गर्न सक्थ्यो ।

१. घटनास्थलमा भेटिएको चालक दलका क्याप्टेन किरण भट्टराईको शव ।

२.दुघर्टनाग्रस्त मकालु ईयरको जहाज बाहुनखर्कको चरन क्षेत्रमा ।

३. दुर्घटना पछि उद्धार टोली जहाजको अवस्था बुझ्दै ।

४. मकालु ईयरको जहाज ।

५. उद्धार गरिँदै ।

६. उद्धारको लागि माउण्टेन ईयरको २ वटा हेलिकोप्टर घटनास्थलमा अवतरण गर्दै ।

७. दुर्घटनाग्रस्त विमानको भाग ।

८. मकालु ईयरको जहाज कामै नलाग्ने अवस्थामा ।