२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा ३७ औं टंक स्मृति दिवस

२०७५, २ जेष्ठ बुधबार १४:१५

जेष्ठ २, अर्घाखाँची | अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई  राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकारसंग  माग गरेका छन् । ३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल शिक्षक संघ केन्द्रिय सल्लाहकार हरी प्रसाद भुसालले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंक को सम्मान हुन नसक्नु दुस्खद भएको बताउनुभयो ।


राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले विश्वमा भएको हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मुलुकमा गणतान्त्रिक संविधान कार्यान्वयन भइसक्दा समेत सहिद भुसालको सम्मानमा राज्य निरिह बनेकोमा आक्रोश व्यक्त गर्दै अर्घाखाँचीबाट निर्बा्चित संघ र प्रदेशका साम्सदहरुको ध्यानाकर्षण गराउनुभएको छ । 

सहिद परिवारको तर्फबाट स्रोत ब्याक्ती युवराज भुसालले सहिद टंकले राजनीतिक, सामाजिक र शैक्षिक विकासमा पुर्याएको योगदानको उचित मुल्यांकन नभएकोमा आफुहरु दुखी भएको बताउनुभयो । अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले राज्यको नजरमा सच्चा सहिद ओझेलमा परेको भन्दै सहिद परिवारलाई सरकारले दिदै आएको १० लाख रुपैयाँ टंकको परिवारलाई तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।

पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहिद टंकको परिवारलाई राज्यको नजर नपुगेमा जनताले भएपनि सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षक संघका जिल्ला उपाध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता र सचीव दल बहादुर के.सी.को सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी श्रीमती सरस्वता भुसाललाई आर्थिक सहयोग समेत गरिएको गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने