२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने: प्रधानमन्त्री

३ जेष्ठ २०७५, बिहीबार ०५:५९

जेठ ३ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । 

मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताउनुभयो । 

“एकतापछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पुर्याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्ने छ ।” 

उहाँले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उहाँहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताउनुभयो । 

एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उहाँको भनाइ रहेको थियो । 

उहाँले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताउनुभयो । 

“हामी सबै मिलेर देश बनाउने हो”, उहाँले भन्नुभयो, “त्यसैले हामी काँग्रेसलाई पनि साथमा लिएर चल्दछौँ ।” 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रित अवसान भएको दिन ऐतिहासिक भएकाले पार्टी एकता गर्न थालेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री दाहालले उहाँहरुको स्मृतिको दिनमा मुलुकलाई ऐतिहासिक मोडमा पुर्याउनका लागि आफूले नै एकताको प्रस्ताव गरेको समेत उल्लेख गर्नुभयो । 

“अब पार्टी एकता गर्नका लागि ढिला गर्दै मदन–जीवराजको अवसान भएको दिन पार्टी एकता गर्नुपर्छ भनेर मैले नै भनेको हुँ ।” उहाँले भन्नुभयो, “आजको दिन पार्टी एकता गरेर मदन–जीवराज प्रति सम्मान गर्न थालेका हौँ ।” उहाँले मदन भण्डारीको स्मृति दिवसको अवसरमा पार्टी एकता गर्न थालेकामा गर्व भएको बताउनुभयो । 

सोही अवसरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्व मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो । 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू