जेठ ३ काठमाडौं । चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जना प्रकाउ परेका छन् |
२ करोड भन्दा बढी नक्कली नोटसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चावहिल गोंगबु लगाएतका स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख नक्कली नोट भेटिएको हो ।
वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।