१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

४ जेष्ठ २०७५, शुक्रबार ०४:०६

जेठ  ४, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । 

त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । 

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको रु ३६ लाख ५० हजार आर्थिक सहयोग, तथा स्थानीयको रु २३ लाख जनश्रमदान र प्रशासनिक खर्च रु एक लाख ५० हजार गरी कूल रु ६१ लाखको लागतमा आयोजनाको निर्माण कार्य सकिएको समन्वयकारी संस्था नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पाँचथरका कार्यकारी अधिकृत तथा यस आयोजनाका टिम लिडर गुरुराज तिम्सिनाले जानकारी दिनुभयो । 

गत ०७४ असारमा शुरु भएको आयोजना १० महिनापछि ०७४ चैतमा सकिएको जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यज्ञविक्रम न्यौपानेले जानकारी दिनुभयो । 

यसअघि धारा निर्माण हुनुपूर्व त्यहाँ पानीको विकराल समस्या रहेको उहाँले बताउनुभयो । कुवाको पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट आफूहरु मुक्त भएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का