2026-09-14 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा छाउपडी प्रथा हट्न अझै सकेन

टेकेन्द्र बोहरा/जेठ ४ बझाङ | छाउपडी कुप्रथा बझाङका अधिकांस ग्रामीण भेगमा अहिले पनि यथावत अवस्थामा छ ।

केही ग्रामीण बस्तिहरुमा छाउपडी प्रथा क्रमिक रुपमा कम हुँदै गएको भए पनि बझाङकै  जयपृथ्वी नगरपालीका वडा नँ ११ मा रहेको धामीलेख,पिठालेखमा भने यो प्रथाले जडो गाडेकै अवस्थामा छ ।

छाउपडी प्रथा  विरुद्ध बझाङमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले अभियान संचालन गरेको भए अभियान सफल हुन नसकेको सरोकार वालाहरु बताउछन ।

लगभग  ९५ परिवार बसोबास गर्ने यस वडामा छाँउ गोठहरु २० भन्दाबढी रहेको स्थानीय वासि शिद्धराज जोशीले बताएका छन् ।

अहिलेसम्म पनि यस गाउँका सबै स्थानीय महिलाहरु छाउ (रजस्वला) भएका बेलामा र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्ने गरेको स्थानीय निर्मला जोशिले बताइन् । 

आफूले छाउगोठ भत्तकाउन र छाउगोठमा बस्न नहुने भने गाँउका धेरै जस्तो सर्व साधारणहरुलाई बझाए पनि यो प्रथा अन्त्य गर्न तत्काल सम्भव नभएको त्याहाँका स्थानिय वासि नरेन्द्र खड्काले वताए 

यस गाँउका सबै स्थानीयहरुले सुर्मा देविको पुजाआराधाना गर्ने भएका कारणले यस प्रथाको अन्त्य गर्न निकै चुनौति रहेको  स्थानिय बासिहरुको भनाइ रहेको छ । 

यस गाँउका महिलाहरु शिक्षित नभएका कारणले यस्तो भएको समेत उनको बुझाइ छ । 

आफ्नो परिवार महिनावारी भएका बेलामा घरमै राख्ने गरेको भए पनि समाजले नानाथरी कुरा काट्ने गरेको उनले स्विकार्दै राजनैतिक क्षेत्रबाट यो पहल सम्भव नभएको र सामाजिक क्षेत्रबाट काम अघि सारी व्यवस्थित छाउगोठ गर्दै अघि सरे सम्भव हुने समेत उनले बताएका छन् ।

महिनावारी भएको ७ दिनसम्म यहाँका महिलाहरुर्ले, पानी खाने धारामा छुँन, नमिल्ने अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने कोही मान्छे फेला नपरे पानी खान नै नपाई बस्नु पर्ने अवस्था यस गाँउको रहेको स्थानीय सत्य देवि जोशीले बताइन् ।

घरभित्र बस्ने रहर भए पनि आफूहरुले समाज र बुढा पाकाको डरले छाउ गोठमा नै बस्नु पर्ने बाध्यता रहेको यहाँका महिलाहरुको गुनासो रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ