२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

७ जेष्ठ २०७५, सोमबार ०१:५८

जेठ ७, इटहरी (रासस) | बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । 

पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्र्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको छ भने सबै किसिमको ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले धेरै हैरानी ब्यहोर्नु परेको सेवाग्राहीले गुनासो गरिरहेका छन् । 

दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्तौं कुर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवाग्राही अधिक मर्कामा परिरहेको आफूहरुले पनि टुलुटुलु हेरिरहनु परेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीकार गर्नुभयो । उहाँले व्यवस्थापकीय कमजोरीले गर्दा त्यस्तो बेथिति मौलाएको हो भन्नुभयो । 

टाढा टाढाबाट उपचार सेवा लिन आएका सेवाग्राहीले हप्तौं धाउनु पर्ने बाध्यात्मक अवस्थाले प्रतिष्ठानको चिकित्सकीय सेवाप्रति यो पछिल्लो व्यवस्थापन ज्यादै उदासिन देखिएको पाइएकोमा आम सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य