पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ७ रुकुम | रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ । गत असोजमा वडाध्यक्षको सहयोगी रहने र वडा कार्यालयमा लेखापढी (अन्य कामकाज) गर्ने गरी यहाँका १४ वडामा एक–एकजना सहयोगी नियुक्ति गरिएको थियो ।

उक्त गाउँपालिकाका लेखापाल शिवराम खड्काले आफू बिरामी भएर जिल्ला बाहिर भएको र उनीहरूको नियुक्ति पनि प्रकृयागत ढङ्ले नभएको गुनासो आएकाले तलब दिन कठिनाइ भएको बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले उनीहरूलाई तलब खुवाउन आनाकानी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले बताउनुभयो । आफूलाई दैनिक रु ७५९ दिने सहमति भए पनि हालसम्म कुनै रकम नपाएको अध्यक्षका स्वकीय सचिव उज्ज्वल सेनले जानकारी दिनुभयो ।रासस