२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा पोखरीमा डुबेर ४ जना बालिकाको मृत्यु

७ जेष्ठ २०७५, सोमबार १०:२५

जेठ ७,लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।

बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालिएको थियो । उक्त पोखरी प्राकृतिक पोखरीका रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । बालिकामध्ये दुईजना दाजु भाइका छोरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य