२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा दुई गाउँको ३५ घरमा अर्थिङ

२०७५, ८ जेष्ठ मंगलवार ०७:४२

जेठ ८ खोटाङ | चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । 

हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो । 

हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा मावि नुनथलाका शिक्षक हेमविक्रम राईले बताउनुभयो ।

 “चट्याङले हरेक वर्ष हाम्रो गाउँमा एक–दुईजनाको ज्यान लिने गरेको छ ।” उहाँले भन्नुभयो, “त्यो अनपेक्षित रुपमा हुने क्षति न्यूनीकरण गर्ने प्रयासस्वरुप हामीले प्रत्येक घरमा अर्थिङ गरेका हौँ ।” 

वर्षा शुरु भएसँगै गाउँमा अर्थिङ गरिएका घरका बासिन्दा भयरहित वातावरणमा बस्न पाएका छन् । चट्याङका कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुँदै आए पनि जिल्लामा पहिलोपल्ट महुरे र खिल्कुमा सिंगो गाउँमा अर्थिङ गरिएको हो । 

सामुदायिक वनको रकमले अर्थिङका उपकरण खरिद गरेर ल्याएको र नून, कोइलालगायतका स्थानीय सामग्री भने घरधनीले नै व्यवस्था गरेको शिक्षक राईले बताउनुभयो । 

जिल्लामा हरेक वर्ष चट्याङका कारण भौतिक र मानवीय क्षति हुने गरेको छ । विज्ञका अनुसार चट्याङबाट बच्न अर्थिङ उत्तम उपाय हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित