२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुनसरी र मोरङका विभिन्न स्थानमा पुल निर्माण आयोजना अलपत्र बन्दै

८ जेष्ठ २०७५, मंगलवार ०८:०६

जेठ ८ इटहरी | सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ । 

सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा पर्ने स्थानीय सडकमा सानाठूला गरी रु दुई करोडदेखि रु १४ करोड लागतसम्मका ३७ पक्की पुल बोलपत्र आह्वानसँगै स्वीकृत भएर निर्माण कम्पनीमार्फत निर्माण थालिएका हुन् । 

यी पक्की पुल सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने शर्तमा निर्माण ठेक्का लागेका हुन् । ठेकेदार कम्पनीमार्फत निर्माण थालिएका यी अधिकांश पक्की पुल निर्माण गरिसक्नुपर्ने समय गुज्रिए पनिसम्पन्न हुने छेकछन्दसमेत नदेखिने गरेको पुल निर्माण क्षेत्रका स्थानीयवासी सेवग्राहीको भनाइ छ । 

सुनसरी मोरङ पुल निर्माणसम्बन्धी आयोजनाले धेरै पुल पुराना आर्थिक वर्षमा ठेक्का लागेका र केही भने १५ वर्षअघि ठेक्का लागेर निर्माण नभई अधूरो अवस्थामा रहेको पनि स्वीकार गरेको छ । 

आयोजनाले चालु आर्थिक वर्षमा मात्र १५ साना तथा ठूला पुल निर्माणको ठेक्का लागेर निर्माणको काम अघि बढाइएको आयोजनाले जानकारी दिँदै ती पुलमध्ये धेरै तोकिएको समयमा निर्माण पूरा हुन सक्ने सम्भावना कम रहेको बताएको छ । 

आयोजनाका अनुसार चालु आर्थिक वर्षका लागि पुल निर्माण गर्न सडक विभागबाट दुई पटक गरी रु १५ करोड ६० लाख निकासा भएको छ । अहिले पुल निर्माणको काम गरिरहेका र बिल पेश गरेका ठेकेदारलाई धेरै रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । विभागबाट सानो आकारमा बजेट निकासा भएकाले पुल निर्माणको काम प्रभावित हुने गरेको आयोजनाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य