२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ्गमा सम्मानजनक अभिभावक पालन पोषण गर्ने सम्मानित

२०७५, ८ जेष्ठ मंगलवार १०:१७

चिसाङ शेर्पा/जेठ÷८ खोटाङ | खोटाङमा आफ्नो पाको आमा बुवा, सासू ससुरालाई राम्ररी पालन पोषण गर्ने ९ जना सम्मानित भएका छन् । अग्रज अभिभावकहरुको सम्मान सहित पालन पोषण गर्ने ५ बुहारी, २ छोरा, १ छोरी र १ भतिजा सम्मानित भएका हुन् । 


जेष्ठ नागरिक जिल्ला संघ खोटाङको १ दिने अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०४ बर्षीय मणि शुन्दर वजिमयका छोरा धन कुमार वजिमय, लफ्याङका १०० बर्षीय वैजनाथ आचार्यका बुहारी उषादेबी आचार्य, दिक्तेलका  ९४ बर्षीय दृप नारायण आचार्यका बुहारी इश्वरा देबी आचार्य, दिक्तेलकै ९३ बर्षीय मसीनी थापा खत्रीका भतिजा लाल बहादुर खत्री, सोही वडाका १११ बर्षीय डम्भर कुमारी आचार्यका छोरी बिमला पौडेल, ८३ बर्षीय गणेश बहादुर खत्रीका छोरा दान बहादुर खत्री सम्मानित हुनुभएको हो । 

यस्तै, लफ्याङका ८३ बर्षीय तेज बहादुर बुढाथोकीका बुहारी हिम कुमारी बुढाथोकी, दिक्तेलका ८२ बर्षीय नरमाया पोखरेलका बुहारी पिङला पोखरेल र सोही वडाका ८४ बर्षीय चन्द्र माया कार्कीका बुहारी इन्दिरा कार्की सम्मानित भएकी हुन् । 

सम्मानित ब्यक्तिलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उममेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरे लगायतले सम्मानपत्र र जनही ५ सय रुपैयाँका दरले सम्मान गर्नु भएको थियो । 

नगरपालिका र महिला विकास शाखाको आयोजनामा भएको अन्तरक्रियामा सहभागीले अस्पताल, यातायात, बैंक, होटल, पार्क लगायतमा जेष्ठ नागरिकका लागि छुट्टै सेवा सुविधा दिने स्थान हुनुपर्ने बताएका छन् । समिक्षालयमा सयांैको भिडमा जम्मा भएका जेष्ठ नागरिकले नगरपालिका÷गाउँपालिकाले छिटो जेष्ठ नागरिक परिचयपत्र, जेष्ठ नागरिकका लागि दिवा सेवा भवन निर्माण, धार्मिक भ्रमणको लागि बजेट व्यवस्थापन, जेष्ठ नागरिकहरुको कानुनी अधिकार जानकारी, बिकासे निर्माणका उपभोक्ता समितिमा जेष्ठ नागरिकको ३५ प्रतिशत सहभागी गराउनुपर्ने लगायतका ९ सुत्रिय माग नगरपालिकालाई बुझाइएको जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित