२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको भेडिया बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

२०७५, ९ जेष्ठ बुधबार ०५:४१

जेठ  ९ लहान | सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, सोही आगलागीमा परी स्थानीय हृदयनारायण चौधरीका पनि दुईवटा घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट औषधि पसलमा भएका सम्पूर्ण सामान, केही नगद, घरमा भएको खाद्यान्न, फर्निचर र लत्ताकपडासमेत जलेर नष्ट हुँदा करीब रु ४० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

वारुणयन्त्र, प्रहरी र स्थानीयको अथक प्रयासमा बिहान ६ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागी के कारणले भएको भन्ने खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते