जेठ ९ सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
सुवेदीले जिल्लाको घण्टाबारीस्थित श्री आधारभूत विद्यालयको ट्वाईलेट र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासन सँग ५० लाख घुस लिएका थिए ।
घुस लिँदै गरेको सुचनाका आधारमा सुवेदीलाई अख्तियार टोलीले बताएका छन् । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ ।