२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

९ जेष्ठ २०७५, बुधबार ०८:१३

जेठ ९ राजविराज | सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । 

मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन । 

स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ । 

शहीद परिवारलाई गाउँपालिकामा जागिर 

यसैगरी सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् । 

शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा गाउँपालिकाका अध्यक्ष हरेराम यादव र उपाध्यक्ष बेचनीदेवी सरदारको संयुक्त हस्ताक्षरित नियुक्ति पत्र सुष्मालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । 

मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकास्तरमा जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो भएको दाबी गरिएको छ । 

विसं २०७२ मंसिर ५ र ६ गते मधेशी मोर्चा सप्तरीले आयोजना गरेको ‘चालु राजमार्ग भरु राजमार्ग’ कार्यक्रमका बेला रुपनीमा प्रहरीले चलाएको गोली लागेर जमुनी मधेपुरा– ९ का २७ वर्षीय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव