२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सवारी दुर्घटनामा दश महिनामा मोरङमा मात्रै ९५ को मृत्यु

१० जेष्ठ २०७५, बिहीबार ०७:५०

जेठ १० विराटनगर | चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइते भएको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले जानकारी दिनुभयो ।  

अहिले जिल्ला ट्राफिक कार्यालय मातहतमा रहेका ९० जना ट्राफिक प्रहरीमध्ये १ नं प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा ४५ र अन्य ट्राफिक प्रहरी मोरङका मुख्य बजार एवं शहर उर्लावारी, पथरी, रंगेली, विराट चोकमा केन्द्रित भएर काम गरिरहेको बताइएको छ । 

राजमार्ग तथा आसपासका क्षेत्र एवं बजारमा सवारी दुर्घटना हुँदा तत्काल ट्राफिक प्रहरी पुग्नुपर्ने भएकाले ट्राफिक प्रहरीको दरबन्दी र साधन अत्यन्त आवश्यक रहेको छ निरीक्षक आचार्यले भन्नुभयो । 

यसैगरी, सो अवधिमा ४२ हजार ४७२ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परी कूल रु दुई करोड ३१ लाख ३६ हजार जरिवाना असुलउपर गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली