२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष सहित ५ जनाविरुद्ध उजुरी

११ जेष्ठ २०७५, शुक्रबार ०७:०७

जेठ ११ पर्वत । मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहित ६ जना विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

मोदी गाउँपालिका ६ तिलाहार ठानामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा चरम राजनीतिक हस्तक्षेप गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

अख्तियारमा दर्ता नं १७५० मा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल सहित मोदी ६ तिलाहारका वडा अध्यक्ष विमल लामिछाने, विद्यालय निरिक्षक झलक आचार्य, विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछाने, विषय विशेषज्ञ भुपेन्द्र चापागाई लगायतलाई प्रतिबादी बनाइएको छ ।

शिक्षक नियुक्तिमा विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछानेले आफ्नो भान्जी पर्ने बविता केसीलाइ शिक्षकमा नियुक्ति गर्न शैक्षिक क्षेत्रमा राजनीतिकरण गरेको आरोप छ ।

मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, मोदी ६का वडा अध्यक्ष विमल लामिछानेले राजनीतिक हस्तक्षेप गरी अनेरास्ववियू केन्द्रिय सदस्य अनमोल केसीकी श्रीमती  वविता केसीलाइ नियुक्ति गर्न खोजेपछि अख्तियारमा उजुरी परेको हो ।

प्रावि तृतीय श्रेणीमा शिक्षक नियुक्ति गर्नको लागि २०७४।१२।१२ मा गरिएको विज्ञापन अनुसार शिक्षक नियुक्ति गर्नुको सट्टा एकलौटी रुपमा राजनीतिकरण गरेर विद्यालय व्यवस्थापन समितिलाइ कुनै जानकारी विनानै  बैशाख १३ गते परीक्षा लिएको बताइएको छ ।

जसको नतिजा जेठ १ गते प्रकाशन गरिएको थियो । जस अनुसार अस्मीता मल्ल जिसी, विन्दु गौतम र बविता केसीको लिखितमा नाम निकाली जेठ ८ गते अन्तरबार्ता गरी वविता केसीलाइ नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएपछि अहिले त्यसको व्यापक विरोध भएको छ । 

विद्यालयमा स्थानीय महिला तथा युवाहरुले विद्यालयमा ताला लगाइदिएका छन् ।

 मोदी गाउँपालिकामा उजुरी दर्ता गराउन गएका स्थानीयबासीलाइ गाउँपालिकाले उजुरी दर्ता नगरी ठाडो राजनीतिक हस्तक्षेप गरेको स्थानीय महिला अगुवाहरुको आरोप छ ।

विद्यालय निरिक्षक झलकनाथ आचार्यले आफ्नो यसमा कुनै पनि भूमिका नभएको बताएका छन् । उनले यसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकको कमजोरी, प्रधानाध्यापक र गाउँपालिकाको अध्यक्षको हात रहेको हुनसक्ने बताए ।

मोदी गाउँपालिकामा व्यापक अनियमितता भएको पनि आंशका गरिएको छ । कृषकको लागि खरिद गरिएको पावर मिनि टेलर ( हाते हलो)मा व्यापक अनियमितता, ठेक्कापट्टामा कार्यकर्तालाइ दिएको, गाउँपालिकामा गाउँपालिका प्रमुखले आफ्नी भान्जीलाई भर्ति गरेको लगाएका विषयले पनि गाउँपालिकाका प्रमुखको चर्को विरोध भैराखेको छ ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने