२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको कार्मारोङ्ग अस्पताल बन्न थालेसंगै स्थानीय बासी खुसी

११ जेष्ठ २०७५, शुक्रबार ०८:३९

नन्द बहादुर रोकाया/जेठ ११, मुगु | मुगु जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्न थालेसंगै स्थानीयबासी खुसी भएका छन । 


आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएका स्थानीय अस्पताल बन्न थालेसंगै औषधि उपचार गराउन पाउने भन्दै खुसी भएका हुन । 

साविकका पाँच गाविस रहेको मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाल सरकारद्धारा सञ्चालित पाँचवटा  स्वास्थ्य चौकी र तीनवटा प्रसुती गृह रहेपनि स्वास्थ्यकर्र्मी नबस्ने र औषधी अभावका कारण प्रायजसो गर्भवती महिलाको स्वास्थ्य संकटमा पर्दै आइरहेकाले सामुदायिक अस्पताल बन्न थाले संगै स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो । 

विगतमा सामान्य चोट पटकदेखि रुघा खोकी लाग्दा समेत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भेट्नु त के प्राथमिक उपचार र परामर्श समेत नपाएर फर्कनुपर्ने बाध्यता रहेको अध्यक्ष लामाले बताए । ठूलै चोटपटक लाग्दा होस या त गर्भवती महिलालाई वेथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकप्टर चार्टर गरेर काठमाडौं र नेपालगन्ज लैजाने गरेपनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुख भोग्नु परेको गाउँपालिकाका उपाध्यक्ष छिरिङ्ग तामाङ्गले बताइन । 

आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला अस्पताल लैजान नसक्दा विगतमा दर्जन जति गर्भवतीको ज्यान गइसकेको र अब बन्न लागेको सामुदायिक अस्पतालमा विपन्न, गरिब तथा गर्भवती महिलाहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउने आशा जागेको उपाध्यक्ष तामाङ्गले बताइन।छाँया नेपाल नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको प्राविधिक तथा मुगुम कार्मारोङ्ग गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोगमा गाउँपालिको रिउस बगरमा  स्थानीयबासीले निशुल्क जग्गा उपलब्ध गराएपछि प्रसुती गृह सहित ६ शैयाको सामुदायिक अस्पतालको शिलान्यास गरि कामको शुरुवात गरिएको छ र । 

गैर सरकारी संस्थाको ५५ लाख र २० प्रतिशत गाउँपालिकाको लगानीमा अबको एक वर्ष भित्र अस्पतालको निर्माण कार्य सम्पन्न हुने अस्पाताला निमार्णमा संलग्न हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुका अध्यक्ष मिन रावलले बताउनुभयो । निमार्ण भएको सामुदायिक अस्पात निमार्ण पश्चात नेपाल सरकार लाई हस्तान्तण गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य