२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतीयलाई बुझायो’

१२ जेष्ठ २०७५, शनिबार १५:४७

जेठ १२, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । राष्ट्रियको रक्षा र संघियताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो  जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मनेल सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक कार्यक्रमका बिच उद्घघाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष केसीले विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिक रुपमा विदेशबाट आउने ७ खर्वले अब यो देशलाई धान्न नसक्ने बताउनु भयो । उहाँले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाई भए पुग्ने बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताउनुभयो । केसीले आफ्नो पार्टीले एमाले र माओवादीको एकतालाई स्वागत गरेको बताउदै एकतालाई दृघकालीन बनाउन आग्रह समेत गर्नु भएको थियो  ।

सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति  धन्यबाद दिदै, अब सत्तामा रहेका ठुला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खाजेको उल्लेख गर्दे विभिन्न समयमा भारतसंग भएका असमान सन्धि भारतको पक्षमा भएको बताउनुभयो । कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताउनुभयो । 


कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब  महासचिव सन्तबहादुर नेपाली ,राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसि,नेता सागर केसि,किसान संघका केन्द्रीय महासचिव कृष्ण केसि,अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,बुद्धिजीवी संघका जिबनारायण खनाल, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर, नेकपाका प्रतिनिधि रामबहादुर चौहान,नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नयाँशक्ति पार्टीका टोपबहादुर बलाल, जनप्रतिनिधिको तर्फबाट बाबुराम सुनार, अखिल नेपाल युबक संघका कुलराज खनाल, पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि, लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । 

कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता,उपाध्यक्ष पशुपति ढकालको स्वागत मनतब्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा सांगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल गरी, नयाँ नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की