२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान

२०७५, १३ जेष्ठ आईतवार १२:१९

जेठ १३, ललितपुर । यस वर्षको दयाराम परियार स्मृती पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरियो । 

राष्ट्रिय मानव अधिकार आयोगको अठारौं  स्थापना दिवशको अवसरमा ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैया छ ।

अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्ष देखि पुरस्कारमा रुपान्तरण गरिएको हो । 


यो सम्मान यस अघि अधिकारकर्मीहरु दुर्गा घिमिरे,चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा.शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा , श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकैक्रममा प्रहरीको गोली लागेको थियो । अधिकारकर्मी परियारले उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा सहादत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि