२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

आश्चर्यजनक शिवमूर्ति भेटियो: प्रत्येक ३२ सेकेण्डमा अभिषेक !

२०७५, १४ जेष्ठ सोमबार ०३:३३

जेठ १४, बेनी | म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । 

घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ । 

घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए । 

पहराको विशाल पत्थरमा प्राकृतिकरुपमा नै बनेको शिवमूर्तिमा नागदेवताको आकृतिसमेत रहेको छ । त्यसको दाहिनेतर्फ भगवान् गणेश आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् । 

गाउँको सिरानमा, जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नसक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवं पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहूँका पूर्व प्रधानाध्यापक एवं स्थानीय वुद्धिजीवी भद्रबहादुर जिसीले बताउनुभयो । “नाग र शिवको मूर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजाआजा गर्ने र रेखदेख गर्ने गरेका छन्” जिसीले भन्नुभयो “अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ अब यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” 

त्यसैगरी अनौठो मूर्ति अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले यस्तो अनकण्टार ठाउँमा अनौठो मूर्ति भेटिनु, प्रत्येक ३२ सेकेण्डमा पत्थरबाट पानी रसाएर अभिषेक हुनु आफैँमा आश्चर्यजनक रहेकाले यसको प्रचारप्रसार गर्नु आवश्यक छ भन्नुभयो । 

त्यसैगरी कुहूँका भूतपूर्व वडाध्यक्ष उदय रोकाले यस स्थानको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताउनुभयो । 

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन् । स्थानीयले अबीर, केशरी र अन्य रङले पूजा गर्दा मूर्तिमा रहेका आकृति स्पष्टरुपमा देख्न नसकिने भएको रोकाले बताउनुभयो । 

मूर्ति अवलोकन र पूजाका लागि स्थानीय भक्तजन आउने क्रम बढ्न थालेपछि पाइपमार्फत पानी ल्याएर खानेपानीको सुविधा पुर्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला