२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका आगलागी पिडितको विचल्ली(फोटोफिचर)

२०७५, १४ जेष्ठ सोमबार ०८:००

नन्द बहादुर रोकाया/जेठ १४ मुगु | गएको वैशाख २० गते भएको भिषण आगलागिबाट पिडीत बनेका मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँका १९ घरका आगलागि पिडीतहरु रुदै दिन कटाउन बाध्य भएका छन । 


१९ घरका १५० जना घर आगोलागेसंगै पालको छानोमा ओत्त लागी रात कटाउन बाध्य भएका हुन ।

बैशाख २० गते विहान नौ बजे भएको आगलागीबाट १९ घर जलेर पुर्ण रुपमा ध्वस्त भएका भएपनी १७ घरले मात्र राहात पाएका स्थानइले बताएका छन । आगलागि पछि सरकारी तथा गैर सरकारी निकायबाट तत्काल आवश्यक पर्ने राहत सामाग्री पुगे पनि उनिहरुलाई टहरामा वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ ।  

अग्नि पिडीत स्थानीयवासी अहिले विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट उपलब्ध गराएका पाल र गाउँलेले सहयोग गरेको काठ बेरेको टहरामा रात काटी रहेका छन । विहान बेलुकीको खानासंगै उनिहरुले आँसु पनि संगै पिउने गरेका छन । 

विहान बेलुकी विद्यालय जाने उमेरका बालबालिकाले कापी , कलम, झोला र विद्यालय पोशाक खोज्दा अभिभावकहरुका आँखाबाट आँशु झर्छन । त्यस्तै बेलुकी पख बनमा चरेर फर्केका पशु बस्तु बस्ने गोठ नदेखेर कराउदा महिला, बुढा पाका डाको छोडेर रुन थाल्छन ।

जे हुनु भई सक्यो अब घर वर्षा अघि बनाउन सकिने अवस्था छैन । छिमेकी स्ट मित्रले दिएको खाने कुराले विहान बेलुकी पेट भरेका छौ तर विद्यालय जाने बालबालिका र गाई बस्तुको अवस्था देख्दा मन दुखेर आउछ , डाको छोडेर रुन मन लाग्छ ६५ वर्षीय सोनाम छिरिङ्ग लामाले भने ।

यो समय भनेको वर्ष भरिको कमाई गर्ने समय हो मुगुका पुर्वी भेगका स्थानीयवासीका लागि । मुगुका विभिन्न पाटन क्षेत्रमा गएर एक महिना यार्सा संकलन गर्दा उनिहरुको वर्ष भरिको आम्दानी हुन्छ । तर किम्री गाउँका अग्नी पिडीत १७ घर परिवारलाई भने सकश देखिएको छ । घरमा भएको लुगा फाटो अन्नपात सबै जलेर नष्ट भयो हिमालमा जाँदा  जहुँ , गहुँ, नाफल , फापर , कोदो आदीको सातु , पिठो , चामल लिएर जाने गरे पनि यो पटक आगलागि हुँदा एक सरो लुगा बाहेक अरु केही बचेन । आफन्त जनले नासो स्वरुप दिएको चिउरा, दालमोठ , चाउचाउ लिएर हिमालमा यार्सा टिप्न जानु परेको स्थानीय कार्मा वाङ्गजुक लामाले बताए । यो पटक मुगु गाउँका स्थानीयवासीले अग्नि पिडीतलाई बन प्रवेश शुल्क लिएनन । बरु एक दुई माना सातु , चियापत्ती , घिउ दिएर सहयोग गरे ।

अग्नि पिडीतका लागि तत्काल आधारभुत राहत व्यवस्था गरिए पनि उनिहरुको अस्थायी पुर्नवास व्यवस्थापनका लागि विभिन्न गैर सरकारी संघ संस्था , निजी क्षेत्रसंग समन्वय गर्ने कार्य जारी रहेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ । जति सकिन्छ चाँडो  वर्षा अघि नै अस्थायी बसोवासको व्यवस्थापन गर्ने गरि लागि परेको  समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला