पाँचौ वार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पाँचौ वार्षिक"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नयाँ एफएमद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा विद्याथहिरुलाई झुल वितरण

२०७५, १४ जेष्ठ सोमबार ०८:२६

जेष्ठ १३, अर्घाखाँची | नयाँ मिडिया प्रणालीद्धारा संचालित नयाँ एफएम ८७.६ मेगाहर्जले आज पाँचौ वर्ष पार गरी छैँठौँमा वर्षमा प्रवेस गरेको छ । 


पाँचौ वार्षिकोत्सवको अवसरमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति केन्द्रका विद्याथहिरुलाई झुल बितरण गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयमा रहेका विद्यार्थिहरुको लागि झुल वितरण गरिएको हो ।

२०७० जेठ १३ गतेबाट प्रशारण शुरु गरेको नयाँ एफएमले हरेक वर्ष स्थापना दिवस मनाउने गरेको छ ।

त्यस्तै स्थापना दिवसको अवसरमा रेडियोले उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पाँच नं प्रदेश सदस्य शोभाखर पन्थीलाइ नगद पुरस्कार सहित उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रम सन्धिखर्क नगरपालीकाका उप प्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यता , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , निमिक्त प्रहरी प्रमुख प्रदिप कुमार डिसी , रामवाण गुल्मका गुल्मपति अनिल केसी , नेपाल प्रत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जिसी लेकाली ,सीआजी अध्यक्ष मुक्तिनाथ भुसाल , नेपाल पत्रकार महासंघ ५ नं. प्रदेस सदस्य प्रेमनारायण आचार्य , जिल्लामा रहेका सम्पूर्ण रेडियोका प्रमुख , जिल्लामा रहेका संचारकर्मि , निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयकी प्रअ कमला भुसाल  लगायतको आतिथ्यता रहेको थियो 

कार्यक्रममा बोल्दै सनपा उप प्रमुख ठाकुर कु विकले नयाँ एफएमले गरेको यो कार्य एकदमै प्रशंसा योग्य रहेको भन्दै शुकामना व्यक्त गरेका थिए । उनले संचार माध्यम , संचार कर्मि तथा पत्रकारले सत्य र निस्पक्ष रुपमा रहेर पत्रकारीता गर्नु पर्ने बताए । 

उनले  बन्दुकको गोली भन्दा पत्रकारको एक शब्द शक्तिशाली र महान हुने बताए । 

त्यस्तै विद्यालयकी प्रअ कमला भुसालले विद्यार्थीहरुलाई झुल वितरण गरेर रेडियोले पुण्य र सरहानीय काम गरेका भन्दै यस्तो सहयोग सबैले गरे अनाथ र फरक क्षेमता भएका बालबालिकाको भविष्य उज्वल बन्नेमा दुइमत नरहेको र अभिभावक बिहीनताको महसुस गर्नु नपर्ने बताइन । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल समाजिक उत्तर दायित्व बहन गरेकोमा रेडियोलाई धन्यवाद दिएका थिए ।

त्यस्तै  नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले संचारको क्षेत्रमा नयाँ एफएम ले अत्यन्तै महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै निरन्तरताको निम्ती सुभकामना दिएका थिए । 

नेपाल पत्रकार महासंघ ५ नं प्रदेस सदस्य शोभाखर पन्थीले अर्घाखाँचीको संचार जगतमा छुट्टै र विशेष भूमीका रहेको बताउँदै अझ गुणस्तरीय प्रसारणका निम्ती आग्रह गरेका थिए । कार्यक्रम रेडियोका स्टेसन म्यानेजर हरी प्रसाद भुसाल , सहायक स्टेसन म्यानेजर माधव बेल्वासेको स्वागत तथा विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

आम श्रोताको मन जित्न सफल यो रेडियो हाल दैनिक १८ घण्टा प्रसारण हुन्छ । यो जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १ पटुवाथुममा रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने