२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला

१४ जेष्ठ २०७५, सोमबार ११:२७

माधव बेल्वासे/जेठ १४, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा पाचौ महिनावारी स्वच्छता दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोग,शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा रहेको प्रतियोगीतामा १० जना युवतीहरु सहभागी भएको थिए ।


किशोराअवस्थामा महिनावारी र सरसफाई विषयक प्रतियोगीमा सहभागीहरुलाई आ आफ्नो धारणा व्यक्त गरेका थिए ।महिनावारी स्वच्छता मार्फत महिला तथा किशोरीहरुको सशक्तिकरण भन्ने नारा सहित यस वर्ष पाचौ महिनावारी स्वच्छता दिवश मनाइएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिनावारी भएको महिला तथा युवतीहरुलाई हेर्ने दृष्टीको फरक बनाउनुपर्ने वताइन । महिनावारी महिलाहरुलाई छुन नहुने,अन्य गोठमा बसाल्नुपर्ने जस्ता रुढिवादी परम्परालाई अव हटाउनुपर्नेमा जोड दिइन । विभिन्न ठाउमा महिनावारी भएका महिलाई बेवस्ता गर्दा कयौ महिलाहरुको ज्यान गएको स्मरण गराउदै उपप्रमुख थारुले सोच परिवर्तन गर्न सकेमा कसैको अकालमै ज्यान नजाने धारण व्यक्त गरीन् ।

प्रमुख अतिथि समेत रहेकी थारुले युवतीहरु आजको दिन महिनावारी सम्वन्धि धरै जानकार भएकोमा खुसी व्याक्त गरीन ।विगतमा शिक्षण सस्थाहरुले महिनावारीको वारेमा रहेको पाठ्याक्रमहरु नपढाउदा पनि सचेत हुन नसकेको जनाइन । कार्यक्रममा इलाका प्रशासन चन्द्रौटाका प्रमुख  जगदीश अर्यालले युवतीहरु महिनावारीको विषयमा धेरै वोल्न सक्ने भएको वताए ।शिक्षक शिक्षीका र अन्य संघ सस्थाको प्रयासमा महिला तथा युवतीहरु महिनावारीको समय उपनाउनुपर्ने कुराहरुको वारेमा सचेत भएकोमा खुसी व्याक्त गरे ।

कार्यक्रममा मावि इमिलियाकी आस्था घिमिरे प्रथम,रामगोरखा मावि वहादुगंजकी रिनका चौधरी दितिय,नेपाल तारा मावि की विपना काफ्ले तृतिय र राष्ट्रिय मावि चन्द्रौटाकी सरला कुवरले सान्तवना स्थान हासील गरेका छन ।विजेताहरुले पुरस्कार सहित सम्मान गरिएको छ ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका सल्लाहाकार प्रमोद दाहालको अध्यक्षता,शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदीश अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम रेडियो शिवराज वाट प्रत्यक्ष प्रशारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने