प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिनावारी : सीमाहरु तोडिँदै ! (भिडियो)

१४ जेष्ठ २०७५, सोमबार १४:४२

प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेको समयका किशोरीहरुमा सचेतना आएका कारण पुरातन रुढीवादी सोचलाई अनुसरण गर्न छाडिरहेको पाइन्छ ।

 

यसै सन्दर्भमा आज मात्रै गुलरियामा पाचौँ विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । २१ मे देखि ३१ मे सम्म दश दिन मनाउन लागिएको यो दिवसको मूल नारा “अति भयो महिनावारीका, सबै सीमा तोडौ” भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

हेर्नुहोस् भिडियो .. अाम सचेतनाका लागि सेयर पनि गरिदिनुहोला । 


बाँकी समाचार ….

जिल्लास्थित विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुको सहयोग र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा बिहान बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाबाट शुरु भएको र्यालीले विभिन्न जनचेतनामूलक नाराहरु लगाउँदै नगर परिक्रमा गरेको थियो ।


नगर परिक्रमा पछि विद्यालयमा नै आयोजना गरिएको कोण सभामा बोल्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले महिनावारीका सन्दर्भमा समाजमा रहको नकारात्मक धारणाहरु हटाउनु पर्ने बताउनुहुँदै यहि प्राकृतिक प्रकृयाबाट नै मानव सृष्टी संभव भएको र हामी यस धर्तीमा आउन पाएको बताउनुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयमा पूर्ण रुपमा व्यवस्थापन गर्न नसकिएपनि न्यूनतम महिनावारीमैत्री शौचालय व्यवस्थापन गरिएको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि आफै सजग रहनका लागि बालबालिकाहरुलाई अनुरोध गर्नुभएको थियो ।


कार्यक्रममा आयोजकका तर्फबाट विद्यालयको बाल क्लबलाई सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै