प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिनावारी : सीमाहरु तोडिँदै ! (भिडियो)

२०७५, १४ जेष्ठ सोमबार १४:४२

प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

महिनावारीबारे समाजमा अझै पनि विभिन्न धारणहरु पाइन्छन् । यसलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको पाइन्छ । कहिँ कतै त यसलाई त विकराल सामाजिक समस्याका रुपमा हेरेको पाइन्छ । तर, अहिलेको समयका किशोरीहरुमा सचेतना आएका कारण पुरातन रुढीवादी सोचलाई अनुसरण गर्न छाडिरहेको पाइन्छ ।

 

यसै सन्दर्भमा आज मात्रै गुलरियामा पाचौँ विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । २१ मे देखि ३१ मे सम्म दश दिन मनाउन लागिएको यो दिवसको मूल नारा “अति भयो महिनावारीका, सबै सीमा तोडौ” भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।

हेर्नुहोस् भिडियो .. अाम सचेतनाका लागि सेयर पनि गरिदिनुहोला । 


बाँकी समाचार ….

जिल्लास्थित विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुको सहयोग र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा बिहान बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाबाट शुरु भएको र्यालीले विभिन्न जनचेतनामूलक नाराहरु लगाउँदै नगर परिक्रमा गरेको थियो ।


नगर परिक्रमा पछि विद्यालयमा नै आयोजना गरिएको कोण सभामा बोल्नुहुँदै कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले महिनावारीका सन्दर्भमा समाजमा रहको नकारात्मक धारणाहरु हटाउनु पर्ने बताउनुहुँदै यहि प्राकृतिक प्रकृयाबाट नै मानव सृष्टी संभव भएको र हामी यस धर्तीमा आउन पाएको बताउनुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयमा पूर्ण रुपमा व्यवस्थापन गर्न नसकिएपनि न्यूनतम महिनावारीमैत्री शौचालय व्यवस्थापन गरिएको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि आफै सजग रहनका लागि बालबालिकाहरुलाई अनुरोध गर्नुभएको थियो ।


कार्यक्रममा आयोजकका तर्फबाट विद्यालयको बाल क्लबलाई सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते