२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलविद्युत्को टर्वाइन बन्द गर्ने चेतावनी

१५ जेष्ठ २०७५, मंगलवार १६:३६

जेठ १५, कालिकोट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटले शान्तिघाट जलविद्युत आयोजनाको टर्वाइनको पैसा नतिरेका कारण एसियन पावर कम्पनी प्रालि बुटवलले टर्वाइन खोलेर लैजाने जनाएको छ । २०७० चैत्र ९ मा कम्पनीबाट किनेको टर्वाइन किनेर जडान गरेको थियो ।

 नेपाल विद्युत प्राधिकरणले एक करोड एक लाख ५० हजार ५० रुपैयाँमा किनेको टर्वाइन मेसिनकोको ९२ लाख रुपैयाँ तिर्न बाँकी  रहेको थियो । बाँकी रुपैयाँ नतिरेका कारण आइतबार टर्वाइन उठाउने भएको हो । नेपाल बिद्युत प्राधिकरण नेपालगञ्जले ठेक्का आव्ह्रान गरेर शान्तिघाट जलविद्युत आयोजनाको टर्वाइन जडान गरेको ५ वर्षसम्म रकम भुक्तानी नगरेका कारणले आफूहरूले टर्वाइन मेसिन उठाउन लागेको एसियन पावर कम्पनी बुटवलका प्रोजेक्ट म्यानेजर रामप्रसाद पाण्डेले बताए ।

‘हामीले टर्वाइन मेसिन जडान गरेको ५ वर्षसम्म पनि पैसा भुक्तानी भएन्’ उनले भने, ‘आइतबार नै मेसिन उठाउने तयारी भएको छ ।’ आयोजनामा प्रयोग भएको टर्वाइनको पैसा नदिएको विषयमा आफूलाई जानकारी नभएको टर्वाइनका विषयमा कम्पनीसँग छलफल गर्ने नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण शाखाका प्रमुख शम्भुप्रसाद मण्डलले बताए ।

‘पहिलाका के भएको हो मलाई थाहा भएन’ उनले भने, ‘यस विषयमा म अहिले बुझेर कम्पनीसँग छलफल गर्छु ।’ लामो समयदेखि अवरुद्ध रहेको कालिकोट विद्युत सेवा टर्वाइन आएपछि २०७३ सालदेखि सञ्चालनमा आएको थियो । विद्युतको टर्वाइन उठाएका कालिकोटको विद्युत सेवा अबरुद्ध हुने भएको छ । ५०० किलोवाटको शान्तिघाट जलबिद्युत आयोजनाले रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा बिद्युत आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य