२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका दुर्गम जिल्लामा सुर्खेतबाटै हवाई सेवा

२०७५, १५ जेष्ठ मंगलवार १६:५०

जेठ १५,सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडि जिल्लाहरु प्रदेश राजधानीसंग सिधा हवाई मार्गमा जोडिने भएका छन् । कर्णाली पहाडि जिल्लाहरुमा हवाई सुविधा सञ्चालन गरेको सीता एअरलाइन्सले कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पामा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आगामी असार १५ गतेदेखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने जनाएको छ ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंगको छलफल पछि कर्णाली प्रदशेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा.लि.का बरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालन सम्वन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह र प्रमुख बजार व्यवस्थापक रिजेश थापासहितको उपस्थिति प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपालगञ्जबाट कर्णलीका जिल्लाहरुमा हवाई सेवा सञ्चालन गर्दै आएको सीता एअरले प्रदेश राजधानी सुर्खेतबाट विमानस्थल सञ्चालनमा रहेका कर्णालीका जिल्लाहरुमा डोर्निएर २२८ को जहाजबाट उडान भर्ने सीता एअरका बरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले जानकारी दिए । कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीबाट अन्य जिल्लाहरुमा सिधा उडान भर्न लागिएको बताए । आचार्यका अनुसार सुर्खेतबाट सिधा यात्रामा हवाई भाडादर नेपालगन्जको भन्दा सस्तो पनि हुनेछ ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्ला जिल्लाका नागरिकहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन पहिला प्रदेश नम्बर ५ को नेपालगन्ज पुगेर सुर्खेत आउनु पर्ने बाध्यता छ । राजधानीबाट पहाडि जिल्लाहरुमा सिधा हवाई सेवा सञ्चालन भए नेपालगंजदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यात्रा गर्नु पर्ने बाध्यता टर्ने भएको छ । साविकको कर्णाली अञ्चलमा कालीकोट बाहेकका चार जिल्लामा विमानस्थल सञ्चालनमा छन् भने अन्य जिल्लाहरुमा विमानस्थल अभाव छ ।


 


 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते