2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका अपांगता भएकाहरुले यसरी पाए नयाँ जीवन

कविता उपाध्याय/जेठ १६, रोल्पा | साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । 

कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गर्थ्यो । साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा आफ्नो पनि खुट्टा नपोलिएको भए संसार घुम्थेँ भन्ने रहर पलाउँथ्यो त कहिलेकाहीँ जीवनदेखि नै नैराश्यता उत्पन्न हुन्थ्यो । “खुट्टा हुनेका लागि सामान्य कुरा होला, तर जस्को खुट्टा छैन, उसको संसार छैन,” उनले भनिन् । 

तर अब मैती आफ्नै खुट्टाले हिँडडुल गर्नसक्ने भएकी छिन् । 

यही २०७४ जेठ ५ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको कार्यक्रममा अपांगता भएका व्यक्तिका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सम्पन्न भयो । शिविरमा ४८३ जनाले सेवा लिए । यसरी सेवा लिने क्रममा मैतीले कृत्रिम खुट्टा पाएपछि उनी निकै हर्षित भएकी छिन् । अहिले उनले नयाँ जीवन पाएको अनुभूति गरिराखेको उनका साथीहरुले समेत बताएका छन् । 

यसरी रोल्पाको होलेरी प्राथमिक उपचार केन्द्रमा २०७५ जेठ ५ गते, बागमारा इरिवाङमा जेठ ७ गते, खरिबोट स्वास्थ्यचौकी कुरेलीमा जेठ ८ गते, जिल्ला अस्पताल, रेउघामा जेठ ९ गते र सुलिचौर प्राथमिक उपचार केन्द्रमा जेठ १० गते अपांगतासम्बन्धी शिविर सञ्चालन भएको थियो । 

गत मंसिर २८ गते सम्पन्न अपांगता शिविरबाट परीक्षण गराएकाका लागि फलोअप शिविर तथा सहायक सामग्री प्रदान र नयाँका लागि परीक्षण गरिएको मानवअधिकार सचेतना केन्द्र (हुरेक) रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताउनुभयो । 

उहाँका अनुसार जिल्ला समन्वय समिति रोल्पा र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा रोल्पा नगरपालिका तथा जिल्लाका नौवटै गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा, सेभ द चिल्ड्रेन, मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पा, अपांग समाज कल्याण समाजको संयोजन र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा अपांगताका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सञ्चालन सम्पन्न भएको हो । 

यसरी ४८३ जना अपांगतासम्बन्धी समस्या भएका व्यक्तिको जाँच गरेकोमा शिविरमा १५३ जना व्यक्तिमा शारीरिक अपांगता पहिचान भएको छ । तीमध्ये ११७ जनाको कृत्रिम सहायक सामग्री राख्नुपर्ने भएको छ भने आधाभन्दा बढीको सहायक सामग्री वितरण गरिएको छ । 

यस्तै, अपांगता शिविरबाट माडी गाउँपालिका–१ घर्तीगाउँकी ११ वर्षीया लिला परियारले पनि गुमाएको खुट्टाको साटो कृत्रिम खुट्टा राखेपछि खुशी व्यक्त गरिन् । मैतीजस्तै लिला पनि यतिबेला निकै खुशी भएकी छिन् । उनले पनि अब सामान्य हिँडडुल गर्नका लागि कसैको सहायता लिनु नपर्ने भएको छ । आफ्नै गाउँ ठाउँमा निःशुल्क रुपमा यस्ता सामग्री पाउँदा केही भएपनि पीडा बिर्सेकी छु उनले भनिन् । 

आफ्नो गाउँघरमै पहिलोपटक शिविर सञ्चालन गरेर अपांगता भएका व्यक्तिलाई राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित भएका छन् । उनीहरुले आयोजकसँग आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । 

लामो समयदेखि शारीरिक अपांगता भएकै कारण कष्टपूर्ण जीवन बिताइरहेका बिरामीले जिल्लामै सेवा लिन पाउँदा आफूहरु निकै हर्षित भएको बताएका छन् । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रका टेक्निकल म्यानेजर हितेष न्यौपानेका अनुसार शारीरिक अपांगतासम्बन्धी १५३ जना, नाक, कान, घाँटीसम्बन्धी १५४ जना, आँखासम्बन्धी १५३ जना र २३ जनालाई बौद्धिक अपांगतासम्बन्धी समस्या रहेका व्यक्ति शिविरमा परीक्षण गराएका थिए । 

शिविरमा विभिन्न समस्या भएका २७३ जना बालबालिकाको जाँच भएको छ । शारीरिक अपांगता भई जीवन जीउनसमेत जोखिम रहेका व्यक्तिले कृत्रिम सहायक सामग्री पाउँदा खुशी व्यक्ति गरेका छन् । 

शिविर समापन तथा समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बूढाले अपांगता भएका व्यक्तिको जीवन निर्वाह सहज बनाउन स्थानीय सरकारले समेत आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुक संघीयतामा गएपछि स्थानीय स्तरमै अपांगता भएका बालबालिकाले शिक्षा लिन पाउने अवसरको सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

यस्तै, कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पामा समेट्न नसकिएका अपांगता भएका व्यक्तिको लागि आगामी दिनमा थप शिविरको आयोजना गर्न सहयोग गर्ने बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले