Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा खानेपानीको हाहाकार, ३ घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य

२०७५, १७ जेष्ठ बिहीबार ०७:३८

उमा केसी/जेठ १७ रोल्पा | लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । 

अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । 

घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य छौँ, रोल्पाको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले भन्नुभयो । 

लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीमा सकश परेको छ, क्षेत्रीले भन्नुभयो । सोही गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । “एक गाग्रो पानी लिन जाँदा आउँदा तीनघण्टा लाग्छ,” स्थानीय लोकेन्द्र केसीले भन्नुभयो । एकघर एक धारा अन्तरगत तीन महिना अघि जडान गरिएका धारामा पानी आउन छाडेको केसीले जानकारी दिनुभयो । 

मान्छेले खानको लागि त टाढैको मुहानबाट भएपनि जसोतसो काम चलिरहेको छ गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको छ, केसीले भन्नुभयो । 

जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार देखिएको छ । 

धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् । “पानीको सही व्यवस्थापनसहित वितरण गर्नसके केही राहत हुनसक्छ,” यसतर्फ समितिले ध्यान दिएको छैन, स्थानीय खिमबहादुर केसीले भन्नुभयो । 

धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एकघण्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन् । गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहेपनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ । 

लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताउनुभयो । बिसाँै वर्ष पुरानो संरचनाका कारण बढ्दो जनघनत्वलाई सेवा दिन समस्या देखिएको छ, आचार्यले भन्नुभयो । निकट भविष्यमै साना शहरी खानेपानी तथा सरसफाइ आयोजना लागू गरिने भएकाले खानेपानीको समस्या हल हुने आचार्यले आशा व्यक्त गर्नुभयो । 

पूर्वी रोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले जानकारी दिनुभयो । 

सोमबार र शुक्रबार गाउँमा रहेका सार्वजनिक धारामा पानी आउने भएकाले रातिदेखि धारामा गाग्रीको लाइन लाग्ने गरेको रोकाले बताउनुभयो । धारामा पानी आउन छोडेसँगै सो गाउँका ३०० भन्दाबढी घरधुरी दुई घण्टा टाढाको मूलबाट पानी खान बाध्य छन्, रोकाले भन्नुभयो । 

अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ । पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष तीर्था आचार्यले जानकारी दिनुभयो । 

लामो समयको खडेरीले यस्ता बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ राज्यले विशेष ढंगले योजना बनाउन जरुरी रहेको आचार्यको भनाइ छ । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन नसकेको सरसफाइका जानकार बताउँछन् । 

पिउनेपानी र सरसफाइका लागि प्रतिव्यक्ति कम्तीमा ४५ लिटर पानीको आवश्यकता पर्ने भएपनि पानीको अभावले सरसफाइमा असर परेको बताइएको छ । 

वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ