Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

डडेल्धुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ

By kit

जेठ १७, डडेल्धुरा । डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चारजनालाई प्रहरीले सार्वजनिक गरेका छ ।

विहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

अवैध भरुवा बन्दुकसहित पक्राउ पर्नेमा गन्यापधुरा-३ कान्तिपुरका ३५ वर्षीय केशबबहादुर शाही, सोही ठाउँका ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेको प्रहरीले बताएको छ । उनीहरुमाथि हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए ।