२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जका नगरप्रहरी अवैधरुपमा रकम उठाउछन्

१७ जेष्ठ २०७५, बिहीबार ०८:१६

जेठ १७, वीरगञ्ज | भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ । 

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आउनुभएको छ । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् । 

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । 

वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका छन् । 

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य