२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जका नगरप्रहरी अवैधरुपमा रकम उठाउछन्

२०७५, १७ जेष्ठ बिहीबार ०८:१६

जेठ १७, वीरगञ्ज | भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ । 

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आउनुभएको छ । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् । 

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । 

वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका छन् । 

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते